काठमाडौं । कर्णाली प्रदेशको दैलेखमा एक १९ वर्षीया युवती कांग्रेसको वडा सभापति बनेकी छिन्। शुक्रबार भएको वडा अधिवेशनबाट स्वस्तिका महत सभापति बनेकी हुन् ।
दैलेखको दुल्लु नगरपालिकाको–३ मा भएको अधिवेशनबाट महत सभापति बनेकी हुन्। वडामा १९ वर्षेदेखि ७० वर्षेसम्मका आकांक्षी थिए। तर, उनले म नेतृत्व गर्छु भनेर अघि सरेपछि सर्वसम्मत रुपमा उनी निर्वाचित भएकी हुन्।
महत एचएको पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो। उनी दैलेखका कांग्रेसका स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन्।

























