मेचीनगरका महिला मानव अधिकार रक्षकहरु सम्मानित

A notice in Nepali from Mechinagar Ward No. 10

२९ भदौ, मेचीनगर : महिला जनचेतना केन्द्रको आयोजना तथा अर्जेन्ट एक्सन फन्डको सहयोगमा झापाको मेचीनगरमा आज एक कार्यक्रम समपन्न भएको छ ।

महिला मानव अधिकार रक्षकहरुलाई कार्यक्रममा विभिन्न सामग्रीहरु वितरण गरी सम्मान गरिएको छ । मेचीनगरका १५ वटै वडाहरुबाट २ जना महिलाहरुको दरले महिला मानव अधिकार रक्षकहरुलाई सम्मानको लागि बोलाइएता पनि दुइवटा वडाबाट वाड अध्यक्षले नाम दिन नसकेको कारण १३ वटा वडाबाट मात्र सहभागी रहेको कार्यक्रम संयोजक मणि कुमार लिम्बुले जानकारी दिएका छन । वाडको सिफारिस बमोजिम कार्यक्रम सहभागी भएका महिलाहरुलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको हो । कोरोना महामारीको समयमा अगाडि आएर सेवा पु¥याउनु हुने महिलाहरुलाई सम्मान स्वरुप यो कार्यक्रम आयोजना गरिएको हो ।

५ लि.को राइस कुकर, वाटर फिल्टर, हर्लिक्स, डाबर चेवनप्रस, डिटोल साबुन, गेडागुडी, सेनीटरी प्याड, मास्क, सेनीटाइजर लगायतका करिब रु ७ हजार ७ सय बराबरको जनही सामान हस्तान्तरण गरीएको कार्यक्रम आयोजक संस्थाका सह सचवि रिता प्रधानले जानकारी बताए ।

कार्यक्रमको प्रमुख अतिथिमा प्रदेश सभा सदस्या श्रीप्रसाद मैनाली, कार्यक्रमको विशिष्ट अतिथिमा मेचीनगर पालिकाको उपप्रमुख मिना उप्रती, रहनु भएको थियो । त्यस्तै अतिथिहरुमा महिला नेतृ रेणुका डाँगी, कुसम कोइराला, स्काउटर सिवानी देवान, विभिन्न वडका वडा सदस्यहरु रहेका थिए । कार्यक्रमको औचित्य माथि प्रकास संस्थाका संस्थापक अध्यक्ष राधा प्रधानले गरेका थिए भने, संस्थाले हाल सञ्चालन गरीरहेका गतिविधिहरुको बारेमा संस्थाका कार्यक्रम संयोजक मणिकुमार लिम्बुले बताएका थिए ।

कार्यक्रमको स्वागत मनत्व्य संसथाका सहसचिव रिता प्रधानले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव सिता गुरुङले गरेका थिए । कार्यक्रमम वडा तथा विभिन्न क्षेत्रमा संल्ग्न ३७ जना महिला मानव अधिकार रक्षकहरु सहभागी रहेको थिए । यस्तै प्रकारको कार्यक्रम अब कचनकवल तथा बारहदशी गाउपालिकामा गरिने पनि आयोजक संस्थाले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.