“अधुरा कार्य पूरा गर्न र आगामी निर्वाचनमा नेपाली काँग्रेसकाे जित सुनिश्चित गर्न मेराे उम्मेदवारी हाे “

A notice in Nepali from Mechinagar Ward No. 10

३१ भदाै, मेचीनगर : मेचीनगर नगरपालिका वडानम्वर ६ बाट नेपाली काँग्रेसकाे क्षेत्रिय प्रतिनिधिमा निर्वाचित हर्कबहादुर लिम्बू फ्याकले निर्वाचन क्षेत्र नम्वर १ अन्तरगत प्रदेश सभा “क” काे सभापतिमा उम्मेदवारी दिने हुनुभएकाे छ ।

बुधबार साँझ मेराे मेचीनगर डट कमसँग कुरा गर्दै लिम्वुले वर्तमानमा पनि आफु निर्वाचन क्षेत्र नम्वर १ अन्तरगत प्रदेश सभा “क” काे वहालवाला सभापति रहेकाले याे कार्यकालका पार्टीका अधुरा कामलाई पूरा गर्न र आगामी निर्वाचनमा नेपाली काँग्रेसकाे जीत सुनिश्चित गर्नका लागि १४ ओैँ महाधिवेशन लक्षित अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिन लागेकाे बताउनुभयाे ।

नेपाली काँग्रेसकाे आसन्न १४ ओैँ महाधिवेशनका लागि भदाै १८ गतेदेखि वडास्तरीय अधिवेशन सम्पन्न भईसकेकाे छ ।

विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेस मा सक्रिय लिम्वुले नेपाल विद्यार्थी संघकाे सदस्य भएर संघमा निक्कै समयसम्म काम गर्नुभएकाे थियाे ।

२०४८ सालमा नेपाली काँग्रेसकाे क्रियाशील सदस्य प्राप्त लिम्बूले नवाैँ महाधिवेशनबाट वडा समितिकाे जिम्मेवारी बहन गर्दै नगर समिति सदस्यकाे जिम्मेवारी प्राप्त गर्नुभएकाे थियाे ।

पार्टीकाे ११ ओैँ अधिवेशनमा नेपाली काँग्रेस १ नम्वर क्षेत्रिय सचिवमा १७ मतअन्तरले हरि बुडाथाेकीसँग पराजित उहाँ १३ ओैँ महाधिवेशनमा साेहि क्षेत्रीय समितिकाे उपसभापतिमा चयन हुनुभयाे ।
संघीय संरचना अनुसार अहिले उहाँले निर्वाचन क्षेत्र नम्वर १ प्रदेश सभा “क” काे सभापति हुनुहुन्छ ।

पार्टीको विभिन्न जिम्मेवारीमा बसेर कुशलपुर्वक भूमिका निर्वाह गरेका लिम्बू नेपाली काँग्रेस भित्र स्वच्छ छवि, निष्ठावन र लाेकप्रिय नेताका रूपमा परिचित हुनुहुन्छ ।

नेपाली काँग्रेसलाई निक्कै नजिकबाट बुझेका नेता लिम्बू पार्टीलाई अझ बलियाे, लाेकप्रिय र जनता सामु दर्हाे बनाउदैँ आगामी निर्वाचनमा पार्टीको पक्षमा परिणाम हात पार्ने गरि अघि बढेकाे बताउनुहुन्छ ।

आफुलाई अग्रजकाे साथ सहयाेग र समर्थन अनि सहकर्मी काँग्रेसीजनकाे अपार माया ममता प्यार प्राप्त भएका कारण सभापतिमा सर्वसम्मत हुनेमा ढुक्क रहेकाे उहाँकाे भनाई छ ।

लिम्वुले मेची उद्योग बाणिज्य संघ,काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालगायतका सामाजिक संघ संस्थामा पार्टीको तर्फबाट मुख्य मुख्य जिम्मेवारी निर्वाह गरिसक्नु भएकाे छ ।

मेचीनगरका १५ वटा वडामध्ये १,२,३,४,५,६,७,८,१० र १५ तथा भद्रपुरकाे ९ गरि दुईवटा पालिकाका ११ वटा वडाबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरूले लिम्वुलाई मतदान गर्न पाउने छन् ।

अधिवेशन तालिका अनुसार असाेज ९ गते नगर, असाेज १२ गते निर्वाचन क्षेत्र नम्वर अन्तरगत प्रदेश, १५ गते क्षेत्र र १८ गते जिल्लातहकाे अधिवेशन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.