रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको मिडिया पर्सनमा पत्रकार निरौला

A notice in Nepali from Mechinagar Ward No. 10

१७ असोज, बिर्तामोड : रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको मिडिया पर्सनमा पत्रकार तुलसीप्रसाद निरौला चयन भएका छन् ।
रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलको अध्यक्षतामा भएको जेनेरल मिटिङले पत्रकार निरौलालाई क्लवको मिडिया पर्सनमा चयन गरेको हो ।

विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशिल रहेका निरौला विवेचना दैनिक, पूर्वाञ्चल दैनिक हुँदै हाल बिर्ताज्योति साप्ताहिकको प्रकाशक तथा सम्पादक रहेका छन् ।

कार्यक्रममा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट पोखरेलले पत्रकार निरौलालाई मिडिया पर्सनको प्रमाणपत्रसहित जिम्मेवारी प्रदान गरेका थिए । कार्यक्रममा बिर्तामोडका सरसफाई अभियन्ता विष्णु आचार्यलाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको मानार्थ सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै डा.सन्दीपचन्द्र श्रेष्ठ, डा. विरेन्द्र यादव, सन्नी गोयल, प्रकाश चौधरी , रत्ना बुढाथोकीलाई रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको सदस्यता प्रदान गर्दै क्लवमा स्वागत गरिएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत अर्जुनधारा नगर अधिबेशनबाट अर्जुनधारा नगर समितिको उपसभापतिमा सर्बसम्मत बिजय भएकोमा रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका इमिडेट पास्ट प्रेसिडेन्ट भेषराज भण्डारी (प्रशान्त), ईलाम जिल्ला फाकफोकथुम गाऊपालिका वडा नं १ को वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित क्लवका सेक्रेटरी गजेन्द्रवहादुर पौडेल र कनकाई नगरपालिका वडा नं. ९ को वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित क्लवका मेम्वर शेरबहादुर थापालाई वधाई तथा शुभकामना दिइएको थियो ।

कार्यक्रममा क्लवका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले रोटरी क्लव अफ बिर्तामोड मिडटाउनले गरेका कार्यहरु र आगामी कार्य योजनाका बारेमा जानकारी गराएका थिए । क्लवलाई हण्ड्रेड पर्सेन्ट पीएचएफ वनाइने, अर्जुनधाराको खाल्वाडीमा सन्थाल आवास वनाइने, रोटरी क्लव अफ शिलगढी मेट्रोपोलिटनसंग फेलोसिप गर्ने , विद्यालयमा स्पेलिङ प्रतियोगिता सञ्चालन गर्ने, रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारी, रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनका पदाधिकारी र इन्ट्रयाक क्लव अफ देवभूमीका अभिभावकहरुलाई साइवर सेक्युरिटी तालिम सञ्चालन गरिने क्लवका प्रेसिडेन्ट पोखरेलले जानकारी गराएका थिए ।

कार्यक्रममा क्लवका चाटर्ड प्रेसिडेन्ट सन्तोष अग्रवाल , इमिडेट पास्ट प्रेसिडेन्ट भेषराज भण्डारी (प्रशान्त), पास्ट प्रेसिडेन्ट शिवकुमार अग्रवाल , इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट जमुना भुषाल शर्मा , भाइस प्रेसिडेन्ट सम्झना खड्का भण्डारी , रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट निरज चौधरी , इन्ट्रयाक क्लव अफ देवभूमीका प्रेसिडेन्ट सौगात भण्डारीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन क्लवका सेक्रेटरी गजेन्द्रवहादुर पौडेलले गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.