प्रदेश–१ को आन्तरकि पर्यटन पुनरोत्थान समितिको संयोजकमा श्रेष्ठ

विराटनगर ÷ नेपाल पर्यटन बोर्डले सातै प्रदेशमा ‘आन्तरकि पर्यटन पुनरोत्थान समिति’ गठन गरेको छ । बोडले समितिको प्रदेश–१ को संयोजकमा पर्यटन व्यवसायी एवं घुमघाम मिडिया प्रालिका अध्यक्ष भविसकुमार श्रेष्ठलाई तोकिएको छ । यसै गरी सह–संयोजकमा नाटा प्रदेश–१ का अध्यक्ष उदय श्रेष्ठ र धरानका पर्यटन व्यवसायी वासु बराललाई तोकिएको छ ।

कोभिड–१९ महामारीको कारण नेपालको समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पर्न गएको र हाल आएर महामारीको जोखिम नेपालमा घट्दै गएको अवस्था आएसँगै आन्तरिक पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरी पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन ‘आन्तरकि पर्यटन पुनरोत्थान समिति’ गठन गरिएको बोर्डले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रको पुनरोत्थानको मुख्य उद्देश्यका साथ पर्यटन व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था, पर्यटन व्यवसायीहरू र अन्य सरोकारवालाहरू समावेश गरी सातै प्रदेशमा समिति गठन गरिएको बोर्डले जनाएको छ । बोर्डले प्रदेशस्तरमा आफ्ना कार्यालयहरू स्थापना गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

नवगठिन ‘आन्तरकि पर्यटन पुनरोत्थान समिति’ले प्रदेश–१ का १४ जिल्लाबाट एक–एकजना पर्यटन व्यवसायीको नाम सिफारिस बोर्डमा यथाशीघ्र पठाउन भनिएको छ । यसैगरी बोर्ड, प्रदेश सरकार, स्थानीय सरकार, पर्यटन व्यवसायीहरू र सरोकारवालाहरूसँग समन्वय गरी प्रदेशस्तरीय आन्तरिक पर्यटन प्रबद्र्धन कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने छ । प्रदेशका पर्यटकीय गतन्वय तथा गतिविधिहरूको पहिचान गरी अभिलेख तयार पार्न र समन्वयकारी भूमिका खेल्नुपर्ने छ । यसैगरी नेपालीहरूलाई देशभित्रका विभिन्न पर्यटकीय गन्तव्यहरूको भ्रमणका लागि अभिप्रेरित गरी टुर अपरेटर र होटल व्यवसायीहरूलाई विशेष छुटसहितका प्याकेजहरू ल्याउन प्रोत्साहित गर्ने र भ्रमण प्याकेजहरू निर्माण गर्न समितिलाई टिओआर दिएको छ ।

सञ्चारकर्मी तथा पर्यटन सरोकारवालाहरू सहभागी गराई प्रदेशभित्रका पर्यटकीय गन्तव्यहरूको परिचायात्मक भ्रमण आयोजना गर्न समन्वय गर्ने । पर्यटनसम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय समुदाय र सञ्चारकर्मीहरूसँगको सहकार्यमा पर्यटन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सिफारिस गर्नेजस्ता कामहरू समितिले गर्नुपर्ने छ । नवगठित समितिका संयोजक श्रेष्ठले प्रदेशका पर्यटन व्यवसायीसँग छलफल गरेर योजनाबद्ध रुपमा अगाडि बढ्ने प्रतिक्रिया दिनु भयो ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

रोहिग्ंया मुसलमानहरुको निगरानीका लागि पूर्वी नाकामा थप सुरक्षकर्मी परिचालन

२० मंसिर, मेचीनगर  : बंगलादेशबाट भारत हुँदैं रोहिग्ंया मुसलमानहरु नेपाल प्रवेश गर्न लागेको भन्दैं पूर्वी नेपालको सीमा क्षेत्रमा सतर्कता बढाइएसँगै...

थप समाचार Details

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.