भिएनामा आतंकवादी हमला, एक मारिए

अस्ट्रियाको राजधानी भिएनामा आतङ्कवादी हमला भएको छ । उक्त हमलामा परी एकजना मारिएका छन् भने १५ जना घाइते भएका छन्। हातहतियारले सुसञ्जित आतंककारीले छ वटा फरक स्थानमा गोली चलाउँदा एक जनाको ज्यान गएको बताईएको छ ।

प्रहरीको गोली लागेर एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घाइतेमध्ये यहुदीहरूको प्रार्थनास्थल सिनागगको सुरक्षा गरिरहेका एक सुरक्षाकर्मी पनि रहेका छन्।

स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न भनिएको छ। प्रहरीले प्रतिआतङ्कवादी कारबाही शुरू गरेको छ। मध्य भिएनाको ठूलो क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन्। घटनाको चौतफी निन्दा भएको छ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.