राष्ट्रपतिले प्रचण्डलाई भनिन् – एक वर्षपछि प्रधानमन्त्री बन्नुस्, महाधिवेशनपछि एकल अध्यक्ष पनि तपाईं नै हो

A notice in Nepali from Mechinagar Ward No. 10

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गर्नका लागि प्रस्ताव राखेकी छन्।

मंगलबार साँझ २ घण्टा भन्दा बढी भएको भेटमा राष्ट्रपति भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री ओलीसँग आफ्नै रोहबरमा सहमति गर्न प्रस्ताव गरेकी थिइन्।

‘भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता तपाईं र प्रधानमन्त्री ओलीले गर्नुभएको हो। यसलाई जोगाउन तपाईंहरूकै सहमति जरुरी पर्छ भनेर भन्नुभएछ,’उच्च स्रोतले सेतोपाटीसँग भन्यो,’एकता जोगाउनका लागि केही थप सहमति गर्नुपर्छ भने मेरै रोहबरमा गरौं भनेर राष्ट्रपतिले भन्नुभएको रहेछ।’

गत भदौ २६ गते स्थायी कमिटीले निर्णय गरे अनुसारनै कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न प्रचण्डलाई सुझाव दिएकी थिइन्।

प्रधानमन्त्री ओलीका तर्फबाट कुनै अवरोध भएमा आफूले पनि प्रधानमन्त्रीलाई सम्झाउने आश्वासन समेत राष्ट्रपतिले प्रचण्डलाई दिएकी थिइन्।

‘राष्ट्रपतिले प्रचण्डलाई एक वर्षपछि प्रधामन्त्री बन्न र चुनावी सरकारको नेतृत्व गर्न भन्नुभएको रहेछ। महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्न समेत भन्नुभएको रहेछ,’उच्च स्रोतले भन्यो,’प्रचण्डले अब ढिलो भइसकेको भन्दै अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छोड्न पर्ने भनेर जवाफ दिनुभएको रहेछ।’

पछिल्लो समय नेकपा अध्यक्षद्वयबीच सम्बन्ध चिसिँदै गएको छ। गत शनिबार प्रचण्डले सचिवालय बैठकमा १९ पेज लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए। उनले सो प्रतिवेदनमा प्रधानमन्त्रीको आलोचना गरेको भन्दै प्रतिवदेन फिर्ता लिनुपर्ने ओली स्वयम् र उनीनिकट नेताहरूले बताउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.