२४ पुस, मेचीनगर : बुधवार राति झापाकाे मेचीनगर- ७ आयावारीमा भएकाे आगलागीमा परी मृत्यु तथा घाईते भएकाहरूलाई नेपाल सरकारले निर्धारण गरे बमाेजिमकाे क्रिया खर्च र राहत रकम उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति झापालाई अनुराेध गर्नेसहित चारवटा निर्णय मेचीनगर विपद् व्यवस्थापन समितले गरेकाे छ ।
मेचीनगर प्रमुख विमल आचार्यकाे अध्यक्षतामा शनिवार सम्पन्न बैठकले आगलागीबाट प्रभावित र पिडित परिवार र घाईते परिवारलाई तत्कालका लागि राहत स्वरूप नगरपालिकाबाट खाद्यान्न उपलब्ध गराउने र थप राहतका लागि नेपाल रेडक्रस साे साईटी झापालाई अनुराेध गर्ने निर्णय समेत गरेकाे छ ।
वैठकले आगलागीबाट घाईते भएर विर्तामोडकाे विएण्डसी र विर्तासिटी अस्पतालमा उपचार गराईरहेका तथा उपचार पश्चात् डिस्चार्ज भएका पीडितलाई सम्पुर्ण उपचार खर्च उपलब्ध गराईदिन जिल्ला विपद् व्यवस्थापन समिति मार्फत नेपाल सरकारलाई अनुराेध गर्ने निर्णय गरेकाे समितिले जनाएकाे छ ।
स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराईरहेकाहरूकाे उपचार व्यवस्थापन नगरपालिकाले गर्ने र हाल जिल्लाका विभिन्न अस्पतालमा उपचार गराई रहेका विरामीहरूलाई थप उपचारकालागि मेची प्रादेशिक अस्पताल भद्रपुर र विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान स्थान्तरणका लागि व्यवस्थापा गर्ने समेत वैठकले निर्णय गरेकाे छ ।

























