आजको राशिफल (मिति २०७९ साल असार २३ गते बिहीबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्र्रो हुन्छ । काममा जोश र जाँगर बडने देखिन्छ, दिन एकदमै राम्रो छ । कामहरु सजिलै सँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केहि वृद्धि हुने देखिन्छ । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जाँगर थपिने देखिन्छ ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अनावस्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन होस पुर्याउनु होला, कुसैसँग झगडा पनि हुन सक्छ । वादविवादको सामना गर्नु पर्ला । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा केही मनमुटाव पनि होला । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, व्यर्थै समयको नाश होला ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, ब्यापार तथा जागीरमा दिन ठिकै छ । नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, व्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
चल–अचल सम्पत्तिको कारोबारहुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ, यात्राको पनि योग रहेको छ । चल–अचल सम्पत्तिको कारोबार हुनेछ ।  पाहुनाको आगमन होला । प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला, साथै परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ एकदमै सजक रहनु होला । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज तपाईंको धनलाभको योग छ, पढाइमा प्रगती होला, साथै दिन खुशी साथ बित्ने छ । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलै छ । आज तपाईंको धनजनमा वृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ ।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आज तपाईंको धनलाभको योग छ, नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग रहेको छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ काम पाउने योग छ धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेस होला ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, टाढाको यात्रा आज नगर्नु होला । व्यर्थको खर्च होला । स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानामा एकदमै सजक रहनु होला । स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्रन सक्छ । ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् साथै मनमा केहि दुविधा पनि रहला । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कमाइ सोचेअनुरुप हुनेछ । पठन–पाठनमा पनि प्रगति हुनेछ,, सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । खर्च भन्दा कमाई नै बढी हुनेछ । धन आर्जनका नयाँ बाटा खुल्नेछन्, वैदेशिक क्षेत्रको लगानी फाइदै होला । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।


तपाईंको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.