Saturday, March 25, 2023
[email protected]
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह मुख्य समाचार

राई नेतृत्वको प्रदेश १ सरकार अल्पमतमा पर्नसक्ने

नेकपाको ६७ मध्ये बहुमतका लागि ४७ मत आवश्यक,ओली पक्षका मात्र २० सांसद

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • December 23, 2020
  • 7:10 AM
  • No Comments
भित्र मुख्य समाचार, राजनीति
207 2
A A
Share on FacebookShare on Twitter

बुधबार , पौष ८ ,२०७७

विराटनगर  । प्रधानमन्त्री केपी शर्माले  पुस ६ गते देसवासीको नाममा सम्बोधन क्रममा , ‘हाम्रो लोकतान्त्रिक प्रणाली नयाँ छ, तर कमजोर छैन । मुलुक जनप्रतिनिधिविहीन अवस्थामा छैन । राष्ट्यि सभा क्रियाशील छ । प्रदेश सरकार र प्रदेश सभा एवं स्थानीय सरकारहरु मुलुकको संविधान र कानुन अनुरुप आफ्नो तहमा राजनीतिक नेतृत्व प्रदान गरिरहेका छन् ।’ भने पनि यसको असर प्रदेश १ मा पनि देखिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी फुटको अवस्थामा पुगेपछि प्रदेश १ को सरकार अल्पमतमा परेको छ । केन्द्रीय नेतृत्वले पार्टी फुटेको औपचारिक घोषणा गरेका छैनन् तर छुट्टा–छुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टी फुटेको सन्देश दिएका छन् ।

नेकपा फुटेपछि ओली पक्षका नेता शेरधन राईले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा परेको हो । दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका मुख्यमन्त्री राईलाई अब बुहमत जुटाउन कठिन छ । प्रचण्ड–नेपाल पक्षको पुन–नपुग बहुमत छ ।

९३ सदस्य रहेको प्रदेश १ प्रदेशसभामा नेकपाको मात्रै ६७ सदस्य छन् । बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेश १ मा ओली पक्षका २० मात्र सांसद छन् । मुख्यमन्त्री राईलाई विश्वासको मत जुटाउन २१ सदस्य रहेको काङ्ग्रेस र पाँच मत भएका साना दलको समर्थनले मात्र पुग्दैन ।

 

शेरधन राईलाई बहुमत जुटाउन लगभग सम्भव छैन,’ नेपाल पक्षका एक नेता भन्छन्, ‘काङ्ग्रेस र साना दलले समर्थन गरे पनि बहुमत पुग्न गाह्रो छ ।’

आफ्नो पक्षमा बहुमत रहेको प्रचण्ड–नेपाल समूहको दाबी छ । संसद् अधिवेशनपश्चात् मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार ढल्ने लगभग पक्का रहेको नेताहरू बताउँछन् । ‘शेरधन राईलाई बहुमत जुटाउन लगभग सम्भव छैन,’ नेपाल पक्षका एक नेता भन्छन्, ‘काङ्ग्रेस र साना दलले समर्थन गरे पनि बहुमत पुग्न गाह्रो छ ।’

प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो प्रचण्ड– नेपाल पक्षसँग बहुमत रहेको दाबी गर्छन् । आङ्बो भन्छन्, ‘प्रदेशमा हाम्रो म्याजरिटी छ ।’

 

प्रदेशमा ८ माघ भित्र संसद् अधिवेशन बाेलाउनु पर्ने बाध्यात्मक अवस्था छ । संसद् आह्वान भएसँगै मुख्यमन्त्रीविरुद्ध अविश्वास–प्रस्ताव दर्ता हुने स्राेतकाे दाबी छ । त्यसपछि नयाँ मुख्यमन्त्री फेर्ने कसरत सुरु हुनेछ ।

नयाँ मुख्यमन्त्रीको रूपमा प्रचण्ड–नेपाल पक्षका भीम आचार्य बलियो दाबेदार हुन् । प्रदेशसभा सदस्यमा नेपाल–प्रचण्ड पक्षको सिनियर नेता भएकाले उनलाई नै अघि सार्ने छ ।

तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधन राईसँग आचार्य मात्र दुई मतले पराजित भएका थिए । प्रदेशमा तत्कालीन एमालेको ५१ मत थियो, जसमा मुख्यमन्त्री राईले २६ मत प्राप्त गर्दा आचार्यले २४ मत पाएका थिए । मतदानमा एक मत बदर भएको थियो ।

आचार्यसँग असन्तुष्टि जनाउँदै राईलाई भोट हालेका नेपाल पक्षका नेताहरू पुरानै गुटमा फर्किएका छन् ।

सात प्रदेशमध्ये ६ प्रदेशमा नेकपा नेतृत्वको सरकार छ, जसमा गण्डकी प्रदेशमामात्रै ओली पक्षको दरिलो उपस्थिति छ । प्रदेश १, वागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा प्रचण्ड–नेपाल पक्ष दह्रो छ ।

प्रदेश सरकारको सत्ता समीकरणमा नेपाली काङ्ग्रेसले पनि भाग पाउने सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिमको मुख्यमन्त्री प्रचण्डनिकट नेता छन् । नेकपा नेताहरूका अनुसार प्रदेश १ र लुम्बिनी प्रदेशको नेतृत्व नेपाल पक्षका नेताले गर्ने भद्र सहमति छ ।

काङ्ग्रेस भन्छ – तुरुन्त अधिवेशन बोलाऊ

नेपाली काङ्ग्रेस प्रदेश १ प्रदेशसभाका प्रमुख सचेतक केदार कार्की तत्काल संसद् अधिवेशन बोलाउनुपर्ने बताउँछन् ।

सोमबार बसेको संसदीय दलको अनौपचारिक बैठकले तत्काल बैठक बोलाउन सरकारलाई आग्रह गर्ने निर्णय भएको उनले बताए ।

‘कोरोना महामारीको खर्च, विकास निर्माण, बजेट र अन्य धेरै विषयमा छलफल गर्नुपर्नेछ,’ कार्कीले भने, ‘छलफलका लागि चाँडाभन्दा चाँडो बैठक बोलाउनुपर्ने पक्षमा नेपाली काङ्ग्रेस छ ।’

बैठक बोलाए पनि त्यसपछि हुने सत्ता समीकरणमा काङ्ग्रेसले सहभागिता जनाउने वा नजनाउने विषयमा केन्द्रको निर्देशन पर्खिरहेको उनले बताए ।

‘प्रदेश सरकार ढले काङ्ग्रेस सहभागी हुने–नहुने निर्णय केन्द्रले गर्ला,’ उनले भने, ‘ केन्द्रको निर्देशनपछि मात्रै सरकारमा सहभागी हुने–नहुने टुङ्गो लाग्छ ।’

Share38Tweet24SendSendShareShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?
कोशी प्रदेश

काँरकभिट्टा बहुमुखी क्याम्पस स्वयियु निर्वाचन : कसले कति मत पाएँ ?

March 25, 2023
काँकरभिट्टा बहुमुखी क्याम्पसद्वारा प्राध्यापकहरुलाई ल्यापटप वितरण
कोशी प्रदेश

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

March 23, 2023
चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने
अर्थ / वाणिज्य

चाँदी आयातमा भुक्तानी सीमा बढ्यो, एकैपटक ६० हजार डलरको आयात गर्न सकिने

March 23, 2023
मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय
अन्तर्राष्ट्रिय

मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई अदालतले सुनायो दुई वर्षको जेल सजाय

March 23, 2023
चुनावमा गठबन्धन गर्नुपर्छ भनेर जबर्जस्ती निर्णय लाद्नु हुँदैन : गगन थापा
मुख्य समाचार

प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैन : गगन थापा

March 23, 2023
नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन
कानून / अपराध

नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा अवधि तत्कालै नहट्ने : ५ एआईजीबाटै १ जना आईजी बन्ने भएकाले मिलेर काम गर्न प्रधानमन्त्रीको निर्देशन

March 23, 2023

– विज्ञापन –

 
 

अर्को समाचार

सिलगुढी—झापा पेट्रोलियम पाइप लाइनको सर्वेक्षण सम्पन्न

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In