३० साउन, काठमाडौँ : भारतले सोमबार ७६औं स्वतन्त्रता दिवस मनाएको छ।
काठमाडौंस्थित भारतीय दूतावासले सोमबार आजादीका अमृत महोत्सव’ को रुपमा स्वतन्त्रता दिवस मनाएको हो।
दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डा फहराइ स्वतन्त्रता दिवस उत्सवको शुभारम्भ गरे।
काउन्सिलर श्रीवास्तवले भारतका राष्ट्रपति द्रौपदी मुर्मूले स्वतन्त्रता दिवसको अवसरमा देशको नाममा सम्बोधन पढेर सुनाएका थिए।
दूतावासका अनुसार भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न भारत सरकारले सन् २०२१ मार्चबाट मनाउन सुरु गरेको हो।
कार्यक्रममा दूतावासले भारतीय सशस्त्र बलका दिवंगत सैनिकका श्रीमती र उनका नातेदारहरुलाई २ करोड ६५ लाख रुपैयाँसहित सम्मान गरेको थियो।
दूतावासले आजादीका अमृत महोत्सवको हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको थियो।
























