सिम्रिक साकोसको इकाईगत १२ औं साधारणसभा शुरु

A notice in Nepali from Mechinagar Ward No. 10

११ असोज, भद्रपुर : झापाको अग्रणी सहकारी संस्थाहरु मध्येको एक विर्तामोड–४ स्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्थाले १२ औं साधारणसभाको इकाईगत भेला मंगलबारदेखि शुरु गरेको छ । संस्थाले सदरमुकाम भद्रपुरबाट १२ औं साधारणसभा शुरु गरेको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा आयोजित साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले गरेकी थिइन् । संस्थाका सचिव इन्द्रबहादुर कार्कीले सञ्चालन गरेको साधारणसभामा स्वागत गर्दै संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले संस्थाको समग्र अवस्थाको बारेमा जानकारी दिएका थिए ।
आर्थिक मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुमा लगानी ह्वात्तै घटेको अवस्थामा पनि आ. व. ०७८/०७९ मा सिम्रिक साकोसको वित्तीय प्रगति सुखद रहेको वस्नेतको भनाइ थियो ।
समारोहमा अध्यक्ष भट्टराईले संस्थाको आ. व. ०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार सिम्रिक साकोसले आ. व. ०७८/०७९ सम्ममा शेयर सदस्य संख्या ५१४३६ पुगेको छ । यस्तै, शेयरपूँजी ३१ करोड ८३ लाख ९८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाले यस वर्ष ५ करोड ८४ लाख ३६ हजार ९६० रुपैयाँ कारोबार गरेको छ । साकोसले यस वर्ष ५ लाख तीन हजार उनन्तीस रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
सदस्यकेन्द्रित सुविधाजनक आर्थिक योजनाहरु सञ्चालन गर्दै आएको संस्थाले आ. व. ०७८/०७९ मा विभिन्न शीर्षकमा संस्थाले सदस्यहरुलाई एक करोड ३३ लाख चार हजार ४६० रुपैयाँ राहत रकम उपलब्ध गराएको संस्थाको जोखिम विभागका अधिकृत विजय वस्नेतले जानकार दिए ।
झापा, मोरङ र इलामममा गरी ४७ वेवा केन्द्रमार्फत सदस्यहरुलाई वित्तीय तथा सामाजिक सेवा पुर्याइरहेको संस्थाले क्षेत्रगत रुपमा इकाईस्तरीय साधारणसभा सम्पनन गर्दै प्रतिनिधि छनोट गर्दै असोज २९ गते विर्तामोडमा अन्तिम साधारणसभा सम्पन्न गरी माइन्यूट प्रमाणीकरण र्गो कार्यतालिका रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.