१ सयबढी नापताैलका औजारकाे अद्यावधिक

A notice in Nepali from Mechinagar Ward No. 10

काँकडभिट्टा ,१७ पुस | गुणस्तर तथा नापताैल कार्यालय भद्रपुरबाट खटिएकाे डाेर टाेलीले मेचीनगरका १ सय १८ वटा नापता‌‌‌ैल सम्बन्धि औजार उपकरणहरू अद्यावधिक गरेकाे छ ।

मेची उद्योग बाणिज्य संघकाे सहकार्यमा नगरकाे मुख्य व्यपारिक केन्द्रविन्दु काँकडभिट्टामा २७, इटाभट्टामा १४, धुलावारीमा ५३ र चारआलीमा २४ गरी कुल१ सय १८ वटा नापताैल सम्वन्धि औजार उपकरण परीक्षण एवम् अद्यावधिक गरी प्रमाण पत्र नविकरण तथा नयाँ प्रमाण पत्र प्रदान गरेकाे संघकाे कार्यकारी निर्देशक गाेपाल बस्नेतले बताउनुभयाे ।

डाेरमा गुणस्तर तथा नापताैल कार्यालय भद्रपुरका सहायक निरीक्षक अनुजा घिमेरे, वरिष्ठ प्राविधिक विजयनन्द चाैधरी कार्यालय सहायक पुना घिमिरे सहभागी हुनुहुन्थ्यो । आफ्नै घर आगनमा याे सेवा पाएकाेमा नगरबा उद्योगी व्यवसायीहरूले खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.