आजको राशिफल (मिति २०७९ साल चैत्र २० गते सोमबार)

A notice in Nepali from Mechinagar Ward No. 10

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धन मान पाउने योग छ । नोकरी तथा राजनीतिमा आफनु बर्चस्व बढाउन सकिने छ । तपाईंले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा व्यापारमा प्रगति हुने दिन रहेको छ ।


वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । आत्मविश्वास जाग्नेछ, वैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।


मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।


कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ ।


सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइलेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ, धनजनको वृद्धि होला ।


कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।


तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ, टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढने यात्रा हुने र रमाइलो भेटधाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढला ।


वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, सोचेअनुरुप काम नहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ ।


धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तर खास हानि पुग्दैन, दिन ठिकै छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् दिन मध्यम खालको छ ।


मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ। आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ ।


कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, अनौठो खबर सुन्न्न पाइएला ।


मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
परिवारजनमा असमझदारी बढ्नेछ, मान्यजन वा अभिभावकवर्ग रुष्ट हुनसक्छन् सावधान रहनु होला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।


तपाईंको दिन शुभ रहोस् ।


ज्योतिष प.तुलसी भारद्वाज निरौला
सम्पर्क : ९८४१४०५०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.