मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि वितरण हुने

A notice in Nepali from Mechinagar Ward No. 10

७ जेठ, मेचीनगर : मेचीनगरमा सामाजिक सुरक्षा भत्ता मंगलबारदेखि वितरण हुने भएको छ । आज नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुर झापा पुगेर यथाशीघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन आग्रह गरेका थिए ।

राज्यले दिदै आएको सामाजिक सुरक्षा भत्ता वापतको रकम समयमा उपलब्ध नहुँदा मेचीनगर क्षेत्रका जेष्ठ नागरिक, लगायत लक्षित वर्गलाई समस्या भएको भन्दै नगरप्रमुख बुढाथोकीले कोलनिका नै पुगेर मंगलबार सम्ममा भत्ता उपलब्ध गराउने वातावरण मिलाएका छन् ।

विगतदेखि नै मेचीनगरमा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या देखिएको कोष तथा लेखा नियन्त्रक कार्यालय भद्रपुरका प्रमुख मधु पोखरेल बताउँछन् । उनले मेचीनगरमा लेखा, सम्बन्धि कर्मचारी र बैकको गलत विवरणले गर्दा समस्या भएको बताउँदै प्रमुख पोखरेलले मेचीनगरमा समयमै सामाजिक सुरक्षा भत्ता पठाउँन नसकिएको बताए । साथै नगर प्रमुख स्वयं कार्यालयमा उपस्थित भएर जनतालाई समस्या भएको बताए पछि अहिलेलाई मंगलबार सम्ममा भत्ताको रकम पठाइसक्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.