बिराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, बिराटनगर : बिराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ्गले आज बिहानैदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो ।

प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले बिराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङ्गको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गरिए कारबाही गरिने चेतावनी दिइएको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय मोरङ्गको सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.