एमाले नेता मैनाली माथि हातपातको प्रयास

A notice in Nepali from Mechinagar Ward No. 10

६ असार, मेचीनगर : नेकपा एमालेका कोशी प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई आफ्नै कार्यकर्ताले हातपातको प्रयास गरेका छन् ।

आज काँकरभिट्टा खानेपानीको सभाहलमा द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा सहभागी हुन आएका कोशी प्रदेशका पूर्व सांसद मैनालीलाई एमालेकै जिल्ला कमिटी सदस्य भुपाल ओलीले हातपातको प्रयास गरेका हुन् ।

कार्यक्रममा एमाले नेता मैनाली आउने थाहा पाएपछि ओली कार्यक्रम स्थलमा ढुकेर बसेका थिए । मैनाली आउने वित्तिकै आक्रमण शैलीमा हातपातको प्रयास गरेको प्रत्यक्षदर्शीको भनाई छ ।

पूर्व मेची वस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठले ओलीले पाँच बर्षअघि बसको टिकट काउन्टर नदिएको विषयमा विवाद झिकेर मैनालीमाथि हातपातको प्रयास गरेको दावी गरे ।

तत्कालिन मेची वस व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेका मैनालीलाई हातपात गरेको कारण प्रालिले ओलीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दे जाहेरी दिएको अध्यक्ष श्रेष्ठले बताए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले सम्बन्धीत पक्षबाट निवेदन आएको बताए । ओली फरार रहेकाले खोजी कार्य भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.