१४ साउन, मेचीनगर : पछिल्लो समय आफ्नो जन्मदिन र वैवाहिक वर्षगाठ विभिन्न तामझामका साथ होटल र पार्टी प्यालेसमा मनाउने क्रम बढिरहेका बखत मेचीनगर—७ की चन्दा कट्वाल बुढाथोकीले भने फरकरुपमा जन्मदिन मनाउनु भएको छ ।
आइतबार आफ्नो जन्मदिन मेचीनगर—७ मा रहेको समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका बालबालिकासँग बसेर बुढाथोकीले मनाउनु भयो भने मेचीनगर लेडी जेसिजको निर्माणधिन अवस्थामा रहेको भवनमा नगद ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभयो । श्रीमान रोहितकुमार बुढाथोकीसँगै पुगेर समाज सेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिमा रहेका फरक क्षमताका बालबालिकाहरुलाई रात्रीभोज गराउनुभयो ।
त्यहा कुल १५ जना फरक क्षमताका बालबालिका छन् । उपाध्यक्ष गंगाप्रसाद संग्रौलाले सामाजिक सेवा गरेर जन्मदिन मनाउनु आफैमा उत्कृष्ट काम भएको बताउनुभयो ।

























