नेपाल नगरपालिका कर्मचारी एशोसिएसन मेचीनगर अध्यक्षमा बुढाथोकी, सचिवमा निरौला

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन, मेचीनगर :  नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्षमा जितेन्द्र बुढाथोकी निर्वाचित भएका छन् । तीन बर्षे कार्यकालको लागि आज भएको निर्वाचनमा अध्यक्षका प्रतियाशी कमल प्रसाद शर्मालाई पराजित गर्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन् ।

१३८ जना मतदाता रहेको कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर मध्ये ९३ जनाले मतदान गरेका थिए । जसमा २ मत बदर भएको थियो । अध्यक्ष पदमा बुढाथोकीले ६४ मत प्राप्त गरि विजयी हुँदा शर्माले २७ मत प्राप्त गरे । समितिको उपाध्यक्षमा भवानी प्रसाद सिटौला निर्वाचित भएका छन् । उनले ५७ मत प्राप्त गर्दा उनको प्रतियासी लोकबहादुर नेपाल ३३ मत ल्याए ।

त्यस्तै समितिको सचिव, सहसचिव, कोषाध्यक्ष र कार्यसमिति सदस्य सर्वसम्मत भएका छन् । जसअन्तर्गत सचिवमा आयुसमान निरौला, सहसचिवमा नरमाया निरौला (निर्मला) र
कोषाध्यक्षमा सुनिता सोरेन सर्वसम्मत भएका हुन् ।

नयाँ कार्यसमितिको सदस्यमा बिपिन काफ्ले, फकिरा मल्लिक, सरोज कुमार खनाल, लुना दाहाल, अनन्त दाहाल, रिना बस्नेत, मेनुका कार्की, जय बहादुर दाहाल, डम्बर कुमारी थापा, बिष्णु कुमार थापालगायत २१ सदस्यीय रहेको छ ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई समिति मेचीनगर अध्यक्ष रविनसन थापा मगरको अध्यक्षतामा आयोजना भएको ९ औं अधिवेशनको उद्घाटन शत्रमा प्रमुख अतिथि मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ठ अतिथि उपप्रमुख मीना पोख्रेल उप्रेती र प्रमुख प्रशासकिय अधिकृत महेश पराजुलीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन एकाई कोशी प्रदेश कमिटि संयोजक त्रिलोचन पौडेल, केन्द्रिय सदस्य सञ्जय ढुङ्गाना, शुशिल कर्ण, मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारी, बरिष्ट प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती, खाद्य बिश्लेषक दिपेन्द्र कार्की, लेखा अधिकृत राजन भेटवाललगायतको आतिथ्यता रहेको थियो ।

समितिको सहसचिव दशरथ खडियाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव पवित्रा सुब्बाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.