भद्रपुर ९ मा तीनमहिने आधारभूत विद्युत जडान तालिम सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२४ पौंष, भद्रपुर : झापाको भद्रपुर नगरपालिका, वडा नं ९ मा तीनमहिने आधारभूत विद्युत जडान तालिम सुरु भएको छ ।
बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने र वडामा विद्युत प्राविधिकको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले ९ नं वडा कार्यालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु गरिएको हो ।
वडा नं ९ पुहाँतुबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिर दुहागढी चन्द्रगढीको सभाहलमा वडाध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा आायेजित समारोहकाबीच प्रमुख अतिथि व्यावासयिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख विनोदप्रसाद न्यौपानेले तालिमको उद्घाटन गर्दै तालिमको आवश्यकता र औचित्यका बारे प्रकाश पारेका थिए ।
श्रीकृष्ण प्रणामी युवा परिषदको सहकार्यमा सुरु भएको तालिमको उद्घाटनका अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद कोशी प्रदेश अध्यक्ष अनिलप्रसाद ढुंगाना, झापा जिल्ला अध्यक्ष टहलदास ओलीलगायतले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै सहभागीहरुलाई तालिममा एकाग्रताका साथ सहभागी हुन र सिकेको सीपलाई आफ्नो रोजगार बनाउन सुझाव दिएका थिए ।
तालिम केन्द्रका गौतम पौडेलले सञ्चालन गरेको उद्घाटन समारोहमा ९ नं वडा सचिव अंकिता कट्टेलले स्वागत गरेकी थिइन् ।
तालिममा ९ नं वडाका १५ जना युवायुवती सहभागी रहेको वडाध्यक्ष दाहालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.