प्रेस क्लब मेचीनगरको वार्षिक साधारणसभा सम्पन्न : प्रस्तावित कोषका लागि ४१ हजारबढी रकम घोषणा

काँकरभिट्टा : प्रेस क्लब मेचीनगरको प्रस्तावित अक्षय कोषमा ४१ हजारबढी रकम प्रदान गर्ने प्रतिवद्धता जनाईएको छ ।

बिहीबार काँकरभिट्टास्थित होटल इस्टर्न ग्राण्डको सभाहलमा आयोजित नवौं वार्षिक साधारण सभाको अवसरमा कार्यक्रमका सहभागीको तर्फबाट क्लबले आफ्ना सदस्यका लागि स्थापना गर्ने अक्षयकोषमा एकैदिन २१ हजार २१० रुपैयाँ प्रदान गर्ने घोषणा गरिएको हो ।

GT daii1704972819.jpg

मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठन प्रेस क्लबको प्रस्तावित अक्षयकोषमा सभाका सहभागी वडा नं ५ का अध्यक्ष कनक कार्कीले ५ हजार, वडा नं ७ का अध्यक्ष प्रह्लादमणी ओलीले ५ हजार १ सय, वडा नं ८ का अध्यक्ष गिरीराज धमलाले ५ हजार ५ सय ५५ तथा क्लबका उपाध्यक्ष जीआर धितालले ५ हजार ५ सय ५५ रुपैयाँ कोषमा हस्तान्तररण गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

Atitthii1704972852.jpg

यसअघि क्लबकी पूर्व उपाध्यक्ष अम्विका भण्डारीले कोषमा ५ हजार रुपैयाँ प्रदान गरेकी छिन् । त्यस्तै क्लबका पूर्व अध्यक्ष मुक्ति पौडेलले १० हजार, क्लबका अध्यक्ष डम्बर बरालले रु ५ हजार प्रदान गर्ने घोषणा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले पत्रकारहरु व्यवसायीक बन्न सक्ने वातावरणको सिर्जना गर्नु पर्नेमा जोड दिए । उनले विकासमा संघ, प्रदेश र स्थानीय तहले जस लिने होडबाजी नगरी सँगसँगै समन्वय गरेर अघि बढ्न जरुरुी रहेको बताए ।

सांसद तामाङले प्रेस क्लबको उन्नयनका लागि न्यूनतम १० वर्षका लागि प्रतिवर्ष १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रमका वक्ताहरुले समाजका सकारात्मक विषयवस्तुलाई उजागर गर्दै स्थायी प्रतिपक्षको रुपमा रहेको प्रेस जगतको भूमिका अविचलित भई निर्वाह गर्न आग्रह गरे ।

PC purba adhakshya1704972914.jpg

सभामा प्रमुख अतिथि तामाङ, प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, वडाध्यक्षहरु कनक कार्की, प्रह्लादमणी ओली, गिरीराज धमला, संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्षहरु मुक्ति पौडेल, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, अग्रज पत्रकार जिएन् शर्मा, आदिवासी जनजाती पत्रकार महासंघ नेपाल झापा अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा महिला वडासदस्य सीमा रसाईली, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समिति अध्यक्ष राजकुमार पराजुली, नाईट चेस क्लब अध्यक्ष विश्वविजय घिमिरे, शसस्त्र प्रहरी नायब उपरीक्षक विरेन्द्र खनाल, प्रहरी निरीक्षक अर्जुनकुमार पोख्रेल, एन्–प्याब्सन मेचीनगर अध्यक्ष कविन्द्र श्रेष्ठ, होटल व्यवसायी संघ मेचीनगर पूर्व अध्यक्ष अर्जुन सुब्बा, प्रेस चौतारी कोशी प्रदेश सदस्य अर्जुन कार्की, प्रेस सेन्टर प्रदेश सदस्य झुलन रेग्मी, आदीवासी जनजाती पत्रकार महासंघ नेपाल झापा अध्यक्ष भूमिका सुब्बा, जन पत्रकार संगठन सचिवालय सदस्य प्रविन अधिकारी, सञ्चार प्रतिष्ठान मेचीनगर अध्यक्ष शिशिर चम्लागाईंलगायतको उपस्थिति रहेको थियो ।

Mayako chino1704972967.jpg

सभाले मेचीनगरका सञ्चारकर्मीहरुलाई ऐक्यवद्ध बनाउँदै व्यवसायीक क्षमता अभिवृद्धि गर्ने, सञ्चार क्षेत्रलाई नियमन गर्दै जिम्मेवारपूर्ण पत्रकारिताको विकास गर्ने, सञ्चारकर्मीहरुको व्ययवसायीक हितका लागि सुरुवातमा न्यनुतम ५ लाख बराबरको प्रेस क्लब मेचीनगर सञ्चारकर्मी कोष स्थापना गर्नेलगायतका सर्वसम्मत निर्णय गरेको छ ।

सभामा क्लबका अध्यक्ष डम्बर बरालले कार्यसमितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष विनिशा शर्माले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ।

अध्यक्ष डम्बर बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष जीआर धिताल तथा सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।

 

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.