१० माघ, मेचीनगर : ७२ ओैँ अन्तर्राष्ट्रिय भन्सार दिवस अन्तर्गत जारी साताव्यापी कार्यक्रमकाे बुधबार सम्पन्न “मेचीनगरस्तरीय अन्तर मावि वक्तृत्व प्रतियोगिता” मा सरस्वती बाल कल्याण मावि मेचीनगर १२ सहरेडाँगीका चिरञ्जीवी नेपाल प्रथम हुनुभएकाे छ ।
यसैगरी, बाल सुबाेधिनी मावि मेचीनगर १४ दुहागढीका रमेश नेपाल र कवि शिराेमणि मावि मेचीनगर ९ खुट्टीडाँगीका उषा निरौला क्रमस दाेस्राे र तेस्राे हुनुभयाे ।
मेचीनगरक्षेत्रभित्रका कुल विद्यालयहरूमध्ये १५ वटाले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्राध्यापकद्वय मणिकुमार लिम्बु र स्वस्तिका आचार्यसहितकाे निर्णयक मण्डलले उहाँहरूलाई प्रथम, दाेस्राे र तेस्राे वन्नु भएकाे घाेषणा गरेकाे थियाे ।
मेची भन्सार कार्यालयले कार्यालयकाे सभाहलमा आयाेजना र मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी उपसचिव हाेमनाथ भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे “राजस्व संकलनमा भन्सार” विषयक वक्तृत्वकला प्रतियाेगितामा प्रथम हुनेले नगद ५ हजार रूपैयाँ र प्रमाणपत्र दाेस्राे हुनेले नगद ४ हजार रूपैयाँ र प्रमाणपत्र तथा तेस्राे हुनेले नगद तीनहजार रूपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने आयाेजक मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीलेले जानकारी दिनुभयाे ।
प्रतियोगिता ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिकाे सहआयाेजना र मेची सामुदायिक सेवा केन्द्र मेचीनगरकाे समन्वयमा भएकाे हाे । मेची जनसाधारण मावि मेचीनगर–२, आदर्श मावि मेचीनगर–८, भानु मावि मेचीनगर–२, काँकरभिट्टा मावि मेचीनगर–६, तारापुञ्ज अंग्रेजी मावि मेचीनगर–६, धुलावारी मावि मेचीनगर– १०, सूर्योदय अंग्रेजी मावि मेचीनगर–६, अरनिको मावि मेचीनगर–७, हिमालयन इङ्लिस एकाडेमी मेचीनगर–१०, अरुणोदय अंग्रेजी मावि मेचीनगर–६, लोफोफोरस अंग्रेजी मावि मेचीनगर–६ र दन्तकाली अंग्रेजी मावि मेचीनगर–१२ ले सहभागिता जनाएका थिए ।























