नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्षमा राजु कार्की सर्वसम्मत

A notice in Nepali from Mechinagar Ward No. 10

८ जेठ, मेचीनगर : नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्षमा राजु कार्की सर्वसम्मत चयन भएका छन् । एमाले मेचीनगर कमिटीको दोस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

एमालेका स्थानीय शीर्ष नेताहरुको बैठकपछि अध्यक्षका दुई जना प्रतिस्पर्धी राजु कार्की र जगन्नाथ भट्टराई मध्ये कार्कीलाई अध्यक्ष बनाउने निर्णय गरेका छन् ।

यही जेठ ५ गतेदेखि सुरु अधिवेशनले अध्यक्षमा कार्की, महिला उपसचिवमा जानुका ओली र सदस्यहरु टुंगाएको छ ।

निर्वाचन समितिले यसअघि सर्वसम्मत भएका बाहेकका उम्मेदवारहरुको आज दिउँसो ४ वजेदेखि साँझ ६ वजेसम्म दावी, विरोध र फिर्ताको समय तोकेको थियो ।

वैठकमा पार्टीका नेताहरु रविन कोइराला, मीना पोखरेल उप्रेती, विष्णु प्रसाई, श्रीप्रसाद मैनाली, गोपाल चन्द्र बुढाथोकी, देवकुमार राई, राजु पोखरेल लगायत रहेका थिए । ७५ जनाको कमिटीमा १६० जनाको उम्मेदवारी परेको थियो ।

तर, नगर कमिटीको उपाध्यक्ष, सचिव र पुरुष उपसचिवको टुंगो लाग्न बाँकी रहेको छ । श्रोतका अनुसार भोलि विहान १० वजेसम्म उपाध्यक्ष, सचिव र उपसचिवमा सर्वसम्मत नभए चुनाव हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.