महिला जनचेतना केन्द्रद्वारा ७ दिने पुन : प्रयोग गर्ने प्याड बनाउने तालिम सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

२६ साउन, मेचीनगर : महिला जनचेतना केन्द्र, काँकरभिट्टाको आयोजनामा ७ दिने पुनः प्रयोग गर्ने सेनिटरी प्याड बनाउने तालिम सुरु भएको छ । महिलाहरुले महिनावारीको समयमा प्रयोग गर्ने प्याड आफै बनाएर प्रयोग गर्नाले स्वास्थ्यको हिसाबले सुरक्षित र खर्चको हिसाबले मितव्ययी हुने कार्यक्रममा बताइएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ्गको प्रमुख आथित्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा विशिष्टि अतिथि साहित्यकार एवम् प्राज्ञ सुभद्रा भट्टराई, अतिथिहरुमा महिला नेतृ बिना तामाङ्ग, मेचीनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

फ्रिडम किट व्याग संस्थाको सहयोगमा संचालित तालिममा उक्त संस्थाको प्रशिक्षक निर्मला श्रेष्ठले तालिमको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा नेपाल स्काउट मेचीनगरका आयुक्त रीता थापा, काँकरभिट्टा बुहुमुखी क्याम्पसका अध्यापक दुर्गाबहादुर लुइटेल लगायतको उपस्थिति रहेको थियो ।

७ दिन सम्म चल्लने तालिममा निर्मला श्रेष्ठ र सम्झना दनुवारले प्रशिक्षण प्रदान गर्नुहुनेछ । महिला जनचेतना केन्द्रका संस्थापक अध्यक्ष राधा प्रधान कार्कीले तालिमबाट हुने लाभको विषयमा जानकारी गराउनु भएको थियो । तालिममा १५ जना महिलाहरुलाई प्रशिक्षण प्रदान गरिने संस्थाका सचिव भूवन सुब्बाले जानकारी दिनुभयो ।
संस्थाका सचिव भूवन सुब्बाले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा संस्थाका सदस्य रेजिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संस्थाको उपाध्यक्ष भुमादेवी अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.