१२ भदौं, धुलावारी : झापाको मेचीनगर–९ को थोप्लेविरान महिला कृषि सहकारी संस्था लि ले विभिन्न विधामा उत्कृष्ट तीनजनालाई बुधबार सम्मान गरेको छ । संस्थाको दशैं वार्षिक साधारण सभाको अवसर पारेर वर्षोत्कृष्ट ऋणितर्फ मनमाया लिम्बु, उत्कृष्ट बुद्धा वचतकर्तातर्फ रीता सुन्दास र उत्कृष्ट बाल वचतकर्तातर्फ उपसना आचार्यलाई सम्म्ँनसहित पुरस्कृत गरिएको थियो ।
सम्मनित तथा पुरस्कृत तीनजनालाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, विशिष्ट अतिथि संस्थाका सल्लाहकारहरु थोप्लेविरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइराला, नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारी, थोप्लेविरान सामुदायिक वनका पूर्व अध्यक्ष इन्द्र पाठक, संस्थाका उपाध्यक्ष जानुका ओली न्यौपानेलगायतले सम्मान पत्रसहित नगद प्रदान गर्नुभएको थियो ।
२०५९ साल साउन १० गतेबाट थोप्लेविरान समूहको नामकाट शुभारमभ भएको यस संस्था २०७१ साल मंसिर १० गतेबाट विधिवतरुपमा थोप्लेविरान महिला कृषि सहकारी संस्था लिबाट परिचित छ । संस्थामा दशवटा कृषक समूह छन् । संस्थाका अध्यक्ष डम्बरकुमारी प्रधानले उदघाटन सत्रको अध्यक्षता गदैं सञ्चालक समितिकातर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । गत आवमा संस्थाले दुईलाख ५० हजार रुपैयाँ नाफा कमाएको बताईएको छ । दुईलाख ३२ हजार पाँचसय रुपैयाँ शेयर पूँजीबाट शुरु भएको संस्थामा हाल २८ लाख १२ हजार चारसय २० रुपैयाँ पुगेको छ ।
एक करोड ७५ लाख २५ हजार रुपैयाँभन्दा बढी निक्षेप संकलन तथा दुई करोड सात लाख पाँचहजार सात सय ६१ रुपैयाँ कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाका सदस्यहरुबाट शुरुमा मासीक १५, ३०, र ५० रुपैयाँ बचत गरी एकव्यक्ति बराबर तीनहजार बचत जम्मा भएपछि शेरमा परिणत गरिएको प्रतिवेदनमा उल्लेख छ । २०७४ साउनदेखि एकसय, र २०७८/२०७९ मा दुईसय रुपैयाँका दरले बचत संकलन गरी जम्मा भएको शेयर सदस्यहरुलाई आर्थिक स्तरको आधारमा विपन्न शेयर सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर म्बिन्धित समूहको सिफारीसमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । हाल संस्थामा चारसय जना शेयर सदस्य छन् । संस्थाले यस आर्थिक वर्षबाट शेयर सदस्यहरूलाई दुईलाख रुपैयाँसम्म कर्जा दिने र साविकको मेचीनगर–४, ५ र ६ हाल वडा नम्बर ९ का जनतालाई समेट्ने गरी दायरा फराकिलो पार्ने निर्णय गरेको छ । संस्थाले यस वर्षदेखि नगरपालिकासँगको सहकार्यमा सजिना खेती समेत गर्ने तयारी गरेको छ ।
संस्थाले विभिन्न विज्ञहरूसँग समन्वय र सहकार्य गरेर यहाँका किसानहरूलाई विषादी मुक्त, अर्गानिक मल बनाउन, माटो बचाउ अभियान लगायतका विषयमा तालिम तथा छलफल गदैं आएको छ । कार्यक्रमको उदघाटन सत्रमा बोल्दैं प्रमुख अतिथि नगर उपप्रमुख उपे्रतीले अब महिलाहरुले दुई ÷चार पैसाका लागि कसैको मुख ताक्न नहुने र महिला परनिर्भर नभई आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । सहकारीमा वचत गर्ने बानीले महिलाको जीवनस्तरमा समेत परिवर्तन हुने,कुनै व्यवसाय गरे सहकारीले कर्जा समेत प्रवाह गर्ने बताउनुभयो ।
बचत गर्ने बानीले आफ्नो जीवनस्तरमा सुधार ल्याउने र परनिर्भरबाट आत्मनिर्भर बन्न मद्घत पुग्ने उहाँको भनाई थियो । उहाँले सहकारीले मनिसको जीवनस्तरमाथि पुर्याउन निक्कै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं आज थोरै थोरै गरेको बचतले भोली धेरै र ठुल्ठुला काममा सघाउ पुग्ने उहाँको भनाई थियो । कार्यक्रममा बोल्ने अधिकाँश वक्ताहरुले सहकारीले देशको अर्थतन्त्रमा निक्कै टेवा पुर्याएको चर्चा गदैं कहिलेकाँहि सहकारीका बारेमा अनर्गल प्रचारवाची हुने गरेको भन्दैं त्यसको पछि नकुद्न र सत्यतथ्य बुझ्न बचतकर्तालाई आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, थोप्लेविरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिव तारा पौडेल सञ्चालन गर्नुभएको उदघाटन सत्रमा सहभागी सवैलाई उपाध्यक्ष जानुका ओलीले शब्दमार्फत स्वागत सहित बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभयो । कार्यक्रममा लेखा प्रतिवेदन प्रस्तुत संयोजक इश्वरा चौलागाईले गर्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर–९ कि वडा सदस्य सुष्मा डोली कार्की, नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारी, थोप्लेविरान सामुदायिक वनका पूर्व अध्यक्ष इन्द्र पाठक, थोप्लेविरान महिला कृषि सहकारीकी संस्थापक अध्यक्ष बिना चापागाई, पूर्व अध्यक्ष मञ्जु कट्टेल लगायतको उपस्थिति रहेको थियो । सोहि अवसरमा संस्थाको साधारण सभासँगै नेपालीहरूको महान पर्व हरितालिका तीजको दर पनि खाएर महिलाहरू छमछम नाचेका थिए ।