बुबाको सम्झनामा

A notice in Nepali from Mechinagar Ward No. 10

एउटा हात कहिले चड्कन बन्ने
कहिले धाप बनेर स्याबासी दिने
त्यो हात बुवाको !

त्यो हात कहिले कन्सिरी तानेर सचेत गराउने
कहिले औला समाएर बाटो देखाउने
त्यो हात बुवाको !!

एउटा काध जति गले पनि भार सम्हालने
नझुकी संघर्षहरुसँग,
बुइ चडाएर मलाई पर-परको
संसार देखाउने
त्यो काध बुवाको !!!

एउटा स्वर खबरदारी गर्दै गरेको
ज्ञानका कुरा कथा कहानीमा उन्दै गरेको
कठोर भएर कहिले
स्नेहले पोतेर कहिले
जिन्दगी सहि बाच्ने
गीत सुसेलीमा भरेर
कानेखुसी गर्दैगरेको
त्यो स्वर बुवाको !!!!

आत्तिन नदिने
मात्तिनु हुदैन भन्ने
हुरी चलोस कि
बाढी बडोस
मलाई निर्धक्क सामना गर्न
निर्ढुक्क बनाउने
एउटा उपस्थित नै काफी
त्यो उपस्तिथि मेरो बुवाको !!!!!

जान्नै पर्ने ज्ञान
गर्नै पर्ने ध्यान
सबै सिकाएर
आफू सक्किदै गरेको पट्टकै वास्ता नगर्ने
बुवाको माया मन मुटु भरी साची राखेर
सके सम्म असल मानिस हुने प्रयन्त्र
जारी राख्ने प्रण गरे
येसै गरि बुवा सम्झे,
येसरी नै बुवासँगै भएको अनुभुति गरे !!!!!!

आज सम्मको मेरो यो उपस्थितिको लागि
बुवाको समर्पण र बलिदान लाई
सत सत प्रणाम !!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.