२४ भदौ, मेचीनगर : ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा नेपाल मानव सेवा समिति मेची क्षेत्रले सोमबार मेचीनगरका चारवटा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । समितिका अनुसार मेचीनगर —८ को मेची विद्योदय प्राथमिक विद्यलाय, मेचीनगर—१५ कालिका आधारभूत प्राथमिक विद्यालय, मेची प्राथमिक विद्यालय, डिगेन जनज्योति प्राथमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको हो । ‘ज्ञान विज्ञानसँगैको मौलिकता, लक्ष्य हाम्रो शिक्षित बालबालिका’ भन्ने मुख्यः श्लोग्ननसहित आयोजित राष्ट्रिय शिक्षा अभियान वितरण २०८१ आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गरिएको हो ।
हरेक वर्षको सेप्टेम्बर ८ तारीख विविध कार्यक्रमका साथ विश्व साक्षरता दिवस मनाउँने गरिन्छ । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो । विश्वभरिका विद्यालय, समूदाय र संस्थाहरुले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् ।
मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, नेपाल मानव सेवा समिति मेची क्षेत्रका प्रमुख सुवर्ण बाइजी, दमक शाखा प्रमुख मनोरमा बाइजी, गौरादह शाखा प्रमुख गौमुखी बाइजीलगायतले विद्यार्थीहरुला कापी, कलमलगायतका स्टेशनरी सामग्री प्रदान गर्नुभएको थियो । कार्यक्रममा बोल्दैं प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले कार्यक्रम निक्कै महत्वपूर्ण रहेको भन्दैं नेपाल मानव सेवा समिति मेची क्षेत्रलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
निरक्षरहरुलाई आ आफ्नो तर्फबाट के गरेर साक्षरसम्म बनाउन सक्दछौं त्यसतर्फ सवैको ध्यान जान जरुरी औल्याउनुभयो । हरेकले अक्षरमालाका पुस्तकहरु पढाएर या निःशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कूलसम्म उनीहरुलाई पुर्याइदिएर नै हुनसक्छ, सबैलाई साक्षर बनाउनु सबैको दायित्व भएको उहाँको भनाई थियो । साक्षर नेपाल अभियान अन्तर्गत हालसम्म २०६५ र विसं २०६९ सालमा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो । त्यस्तै २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो । २०७१ असार देखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी भएको थियो ।
२०७६ मा साक्षर नेपाल वर्ष अभियान सञ्चालन भएको थियो। हाल १५–६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ८५ प्रतिशत पुगेको केन्द्रले जनाएको छ । साक्षरताका १२ वटा सूचकहरूको आधारमा साक्षरताका कार्यक्रमहरू सञ्चालन भइरहेको बताईएको छ । साक्षरताका लागि विभिन्न १२ सूचकहरू तोकिएका छन् । जसमा राष्ट्रभाषा वा मातृभाषाका वर्ण र अक्षरको पढ्न र लेख्न जानेको हुनुपर्ने, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिल पढ्न सक्ने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख् र पढ्न सक्ने, मोबाइल र क्यालकुलेटरका अंक र अक्षर चिनेर प्रयोग गर्न ५० देखि नौं सम्मका अंक अक्षर लेख्न सक्ने, एकदेखि १०० सम्म गणना गर्न सक्ने रहेका छन् । मेचीनगर—१५ कालिका आधारभूत प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रिकाप्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी सवैलाई विद्यालयका सहायक प्धानध्यापक युवराज ढकालले शव्दमार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रम सञ्चालन युवा संगठनका केन्द्रीय सदस्य रोशन घिमिरेले गर्नुभएको थियो ।