हवाई टिकट नपाउँदा घर आउन समस्या, भन्छन ‘दशैं अब काठमाडौंमै मनाउने हो ’

१८ असोज, मेचीनगर : झापा मेचीनगर—६ काँकरभिट्टाकी सदिक्षा उप्रेतीले काठमाडौंबाट झापाको लागि एकसाता अघिदेखि हवाई टिकट खोज्नुभयो । तर, त्यसअघि नै सवै सीट बुकिङ भईसकेकाले एकसातापछिको समेत टिकट पाउन सक्नुभएन् । झापा गौरादहका गणेशप्रसाद अधिकारी दम्पतिको पनि हालत सदिक्षाकै जस्तो छ ।

हिन्दुहरुको सबैभन्दा ठूलो चाड वडादसैं भित्रिन शुरु गरेको छ । घर छाडेर सात समुन्द्रपार पुगेकाहरु दशैँका लागि भन्दैं आफ्नो पुख्र्यौली घर फर्किन थालेका छन् । अब आज भोलि पर्सी भन्दै दशैंका मुख्य दिनहरु नजिकिँदै आउँदैछन् । उल्लास क्रमशः थपिदै जादैछ । तर, चाडको रौनकसंगै काठमाडौंमा रहेका सदिक्षा जस्ता थुप्रैका लागि हवाई टिकट नपाए कसरी घर पुग्ने भन्ने समस्या र सकसहरु पनि थपिन्दैछन् ।

केहीदिनअघि लगातार परेको अविरल बर्षका कारण बाढी र पहिरोले यतीबेला विभिन्न राजमार्गहरू बन्द छन् । दसैंका बेला बाहिरिने यात्रुको चाप बढी भएको छ । बाढी र पहिरोका कारण यतीबेला विभिन्न राजमार्गहरू बन्द भएसँगै यात्राका लागि एउटै विकल्प बनेको छ हवाईमार्ग, हवाई यात्रा पनि यतीबेला सहज भने छैन । ‘झापा घर जानका लागि राजमार्गबाट सहज नभएका कारण हवाईमार्ग रोजे’सदिक्षाले भन्नुभयो—‘हजाईजहाजको टिकट नपाएर समस्या भएको छ ।’ काठमाडौं जोड्ने सबै राजमार्ग अवरुद्ध छन् । यसको असर सोझै हवाई उडानमा देखिएको हो ।

राजमार्ग अनिश्चितकालीन बन्द भएसँगै हवाई यात्रुहरूको संख्या र टिकट बुकिङ पनि बढेको बुद्ध एयरलाइन्स भद्रपुरका स्टेशन म्यानेजर ओम प्रधानङ्गको भनाई छ । ‘चाडपर्वको बखत काठमाडौं छाड्ने थुप्रै हुन्छन, त्यसले पनि यात्रुको चाप अत्याधिक नै हुन्छ, बाढी पहिरोले राजमार्ग अवरूद्ध भएपछि हवाई बृद्धि भएको छ ’ उहाँले भन्नुभयो । मार्ग भएर जाने यात्राुको संख्यामा चाप देखिएको छ ।’ झण्डै १० देखि १५ दिनसम्मका लागि टिकट बुकिङ्ग भएको छ । यति एयरका भद्रपुरस्थित स्टेशन म्यानेजर रेवत कार्कीका अनुसार हवाई यात्रुहरले तत्काल टिकट पाउने अवस्था छैन् । यसकारण पनि तत्काल हवाई टिकट पाउन त्यति सहज नभएको ट्राभल व्यवसायीहरुको भनाई छ ।

‘बाढी–पहिरोका कारण राजमार्ग बन्द भएपछि बसमा यात्रा गर्न सहज छैन ’काँकरभिट्टाका ऋतिक बुढाथोकी भन्नुहुन्छ —‘हवाई टिकटको अभाव हुन थालेको छ । राजमार्गहरू अवरोध भएपछि मानिसहरू हवाई मार्गबाट जान खोज्दा हवाई टिकटको अभाव छ अनि यस पटकको दशैं काठमाडौंमा नै मनाउनुको विकल्प छैन् । ’

यात्रुले उच्च दरमै टिकट काटेर यात्रा गर्छु भन्दा पनि हवाई टिकट पाउन नसकेको बुढाथोकीको गुनासो छ । बाढीपहिरोको विपदले राजमार्ग बन्द भएको अवस्थामासमेत वायुसेवा कम्पनीहरूले टिकटको मूल्य अत्यधिक बढाएको भनेर विरोध भइरहेको छ सडक सञ्जाल सञ्चालनमा नआएसम्म यो समस्या तत्काल हल हुने अवस्था छैन् ।

तत्काल टिकट लिँदा जुनसुकै समयमा पनि भाडा अलि महँगो नै हुने पानामा ट्राभल मेचीनगर — ६ काँकरभिट्टाका सञ्चालक उदयकुमार श्रेष्ठको भनाई छ । तर, पनि सीट पाउन नसकिरहेको अवस्था छ उहाँले थप्नुभयो । राजमार्गहरू बन्द भएसँगै मौसमका कारण केहीदिन नियमित उडान हुन नसकेपछि यात्रुको चाप अत्याधिक बढेको नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स ‐नाट्टा ) कोशी प्रदेशका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठ बताउँनुहुन्छ । मुलुकका मुख्य राजमार्गमा यातायात ठप्प हुँदा हवाई उडानमा अत्यधिक चाप देखिएको र नयाँ यात्रुले तत्काल टिकट पाउनै मुस्किल भएको नेपाल एशोसिएसन टुर्स एण्ड ट्राभल एजेण्ट्स ‐नाट्टा ) कोशी प्रदेशका माहासचिव नवीन खरेलको भनाई छ । वर्षा रोकिएपछि मौसममा आएको सुधारले यात्रुको चाप थप बढेको छ ।

राजमार्ग अवरूद्धले यात्रा अन्योलता बनाएसँगै अहिले हवाई यात्रु बढेको काउन्सिल ट्राभल विर्तामोडका सञ्चालक समेत रहनु भएका खरेलको भनाई छ । दसैंका बेला बाहिरिने यात्रुको चाप बढी हुन्ने र फर्कने बेला जहाजहरू रित्तै फर्कनुपर्ने अवस्था समेत सिर्जना हुने भएकाले जहाजहरूको सञ्चालन खर्च उठाउनका लागि पनि यस्तो बेला केही महँगो पर्न सक्ने एयरलाइन्सहरूले बताएका छन् ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.