म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा

A notice in Nepali from Mechinagar Ward No. 10

१९ माघ, काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.