‘अपाङ्गगता भएका व्यक्तिहरुलाई माया होइन अवसरको खाँचो छ’ मन्त्री कार्की

A notice in Nepali from Mechinagar Ward No. 10

१ पुस, बाहुनडाँगी : कोशी प्रदेश सरकारका खानेपानी सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्कीले अपाङ्गगता भएका व्यक्तिहरुलाई माया होइन अवसर दिनुपर्ने बताएका छन् । अपाङ्गगता भएका व्यक्तिहरुलाई अवसर दिएको खण्डमा उनीहरु पनि अरु सरह काम गर्न सक्ने भएकाले माया होइन अवसर दिनुपर्ने मन्त्री कार्कीको भनाई थियो ।

कोशी प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय, मेचीनगर नगरपालिका र करूणा फाउन्डेसन नेपालको त्रिपक्षीय लगत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम, अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण,आवश्यकता पहिचान तथा परिचय पत्र वितरण शिविरको उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दैं सोमबार झापाको मेचीनगर —१ बाहुनडाँगीमा मन्त्री कार्कीले यस्तो बताएका हुन् । अहिले कोशी प्रदेश सरकारको निक्कै महत्वपूर्ण काम यहि भएको भन्दैं देशभरि नै यस्तो रचनात्मक काम कोशी प्रदेश सरकारले शुरु गरेको मन्त्री कार्कीले दाबी गरे ।

अपाङ्गता हिजो लुकाईने, पहुँचका आधारमा सेवा सुविधा पाउने भन्दैं मन्त्री कार्कीले हरेक अपाङ्गता भएका व्यक्तिहरुलाई विभेद नगरी उनीहरुको हक, हित अधिकार ग्यारेन्टी हुनुपर्ने र राज्यले दिने सुविधा सवैले पाउनु पर्नेमा जोड दिए । अपाङ्गता भएका मानिसको पीडा उस्को परिवारलाई मात्र थाहा हुने हुँदा अब उनीहरुलाई प्रविधिकरूपबाट दक्ष बनाउनेतर्फ सरकार र सवैक्षेत्र लाग्नुपर्ने उनको भनाई थियो ।

अझैपनि अपाङ्गगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण र राज्यले प्रवाह गर्ने हरेक सेवासुविधाबाट अपाङ्गता भएका व्यक्तिहरु वञ्चित रहेको उल्लेख गर्दै आगामी दिनमा अपाङ्गका लागि ठोस योजना ल्याउने उनको भनाई थियो । अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार र जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले सरकारले विभिन्न कार्यक्रम अघि सारेको उनले बताए ।

अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरि प्रत्येक वडामा शिविर सञ्चालन गर्न लागिएको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ परिक्षण तथा आवश्यकता पहिचान तथा अपाङ्गता परिचयपत्र वितरणको काम शिविर मार्फत सञ्चालन गरिने उपप्रमुख उप्रेतीको भनाई छ ।

वडा नम्बर १ को वडा कार्यलयबाट सुरु भएको शिविर १५ गते वडा नम्बर १५ मा पुगेर समापन हुने छ । नगरले आवश्यक कागजातको साथमा उपस्थित भएर आ आफनो वडामा सञ्चालन हुन लागेको शिविरमा उपस्थित हुन अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरेको छ ।

मेचीनगर नगरपालिका ईटाभट्टा, झापाले कोशी प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय, करूणा फाउन्डेसन, अपाङ्ग महासंघ कोशी प्रदेश सहकार्यमा आयोजना गरेको कार्यक्रमको मेचीनगर स्तरीय अपाङ्ग समन्वय समितिका संयोजक एवम् उपप्रमुख मीना पोख्रेल उप्रेतीको अध्यक्षतामा उद्घाटन भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य छवि चुडाल, मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, करूणा फाउन्डेसनका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोईराला

नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु कार्की,नेपाली काँग्रेस प्रतिनिधि हेमलाल गुरागाईँलगायतले बोलेका थिए ।

नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख अन्नतप्रकाश वस्तीले सञ्चालन गरेको उदघाटन सत्रमा सहभागी सवैलाई मेचीनगर वडानम्वर १ का वडाध्यक्ष रामकुमार राईले शब्दमार्फत स्वागत गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.