लंकाशनीको साधारण सभा सम्पन्न : “सहकारीका बारेमा नकारात्मक प्रचार बढी भयो “

A notice in Nepali from Mechinagar Ward No. 10

२९ पौष, धुलावारीः झापाको मेचीनगर –१० स्थित लंकाशनी महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लि. धुलावारीको ११ ओैँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

धुलावारीको श्री जनजागृति हरिकिर्तन भजन मण्डलीको सभाहलमा साधारण सभाको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले लंकाशनी फूलको गमलामा पानी हालेर विधिवत उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन मन्तव्य राख्दैं प्रमुख अतिथि उपप्रमुख उप्रेतीले संस्थाका हरेक सदस्य सहकारीको मालिक हुने भएकाले सवै जिम्मेवारी सञ्चालक समितिलाई मात्र छाड्न नहुने बताउनुभयो । नगरभित्र ७७ वटा सहकारी संस्था भए केही केही संकटमा परेको भन्दैं उहाँले हरेक सञ्चालक सदस्यहरूले सहकारीका मूल्य, मान्यता र सिद्धान्त भुल्न नहुने सुझाव दिनुभयो ।

अब नगरभित्रका सहकारीहरूको चाडै अनुगमन गरि बचतकर्ताको रकमलाई जोखिमबाट उकास्न स्थानीय सरकार अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । देशको अर्थतन्त्रको रूपमा रहेका देशका सहकारी संस्थाको योगदान कसैले पनि भुल्न नहुने उहाँको भनाई थियो ।

सरकारको तीनखम्बे अर्थनीतिमा सरकारी, सहकारी र नीजिक्षेत्र अर्थतन्त्रका मुल खम्बा रहेको बताउँदै ।सहकारी संस्थालाई नोक्शान र हानी हुने कुनै पनि गतिविधि कसैले गर्न नहुने, मेचीनगरक्षेत्र सहकारीको “हब“ का रूपमा रहेको बताउनुभयो । देशभरकै “टप टेन“ मा पर्न सक्ने थुप्रै सहकारी मेचीनगरमा रहेको उहाँले बताउनुभयो । हरेक मानिसको कारोवार एउटै सहकारी संस्थामा हुनुपर्नेमा उहाँको जोड थियो ।

२०७० सालमा २५ जना ग्रामीण महिलाहरूले एक÷ एक हजार रूपैयाँ संकलन गरेर २५ हजार शेयरपूँजीबाट सञ्चालनमा आएको संस्थाले ११ वर्षको दौरानमा पाँचसय दुईजना शेयर सदस्य पुगेको छ भने, २२ लाख ३३ हजार चार सय ६० रूपैयाँ शेयरपूँजी पुगेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा संस्थामा शेयरपूँजी १८ लाख २४ हजार पाँचसय ६० रूपैयाँ थियो । नौसय ३५ जना बचतकर्ता सहित शेयर सदस्य एकहजार चारसय ३७ जना रहेको उद्घाटन सत्रमा अध्यक्ष रोश्नि खनालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷०८० मा दुई करोड १९ लाख ४४ हजार एकसय ५३ रूपैयाँबाट वृद्धि भएर कारोवार दुई करोड ३३ लाख ७६ हजार चारसय १२ रूपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । चालू आर्थिक वर्षमा संस्थाले सहकारीको सधारण शेयर सदस्यता लिन १० कित्ताभन्दा माथि शेयर खरिद गर्नुपर्ने र साधारण सदस्यलाई मात्र संस्थाले आयोजना गरेको कार्यक्रममा समावेश गरीने,र एकवर्षमा ५० लाख रूपैयाँ शेयरपूँजी पुर्याउने संस्थाले लक्ष्य लिईएको छ ।

संस्थाले स्थापनाकालदेखि नै शेयर सदस्यहरूको हितका लागि विभिन्न कार्यक्रम गदैं (कृषि तोरी, फूल, करेसावारी, धान, च्याउँ, मकै आदि) क्षेत्रमा व्यवसायिक खेती हुँदै आएको, संस्थाले मेचीनगर नगरपालिकाको सहयोगमा तोरी मिलसमेत सञ्चालनमा ल्याएको, सहकारीले कृषि ओैजारहरू कृषकहरूलाई सुफत भाडा दरमा उपलब्ध गराउँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

सञ्चालक समितिकातर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाको विगत, वर्तमान र भविष्यलाई समेटिएकोछ । लेखा समिति संयोजक सुनिता कोइराला दाहालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वर्षाेउत्कृष्ट कर्मचारी बजार प्रतिनिधि पूर्णमाया पराजुली, असल ऋणि महिलातर्फ बुधुनी उराँव र पुरूषतर्फ सञ्जय राजवंशी, उत्कृष्ट बाल बचतकर्ता विशाल राजवंशी, सुप्रिया लिम्बु, उत्कृष्ट ज्येष्ठ बचतकर्ता अमुल्य राजवंशी, धामो राजवंशी, उप समितिका संयोजक र सदस्यमध्ये सानोकुमार लिम्बु र नारायण कडेल लेखा समिति संयोजक सुनिता कोइराला र ऋण समिति संयोजक बाबुलाल राजवंशीलाई सम्मान गरिएको थियो । सवैलाई प्रमुख अतिथि उपप्रमुख उप्रेतीलगायतले अवि। टीका माला पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

उद्घाटन सत्रमा मेचीनगर नगरपालिका वडा नम्बर —१० का वडाध्यक्ष नारायण खनाल, जिल्ला बचत तथा ऋण सहकारी संस्था झापाका उपाध्यक्ष विशेश्वरप्रसाद भट्टराई, राष्ट्रिय सहकारी बैंक धुलाबारी शाखा प्रमुख प्रेमकुमार श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष रूपा पौडेललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरुले सहकारीका बारेमा थुप्रै नकरात्मक प्रचार भएको र यस्तो प्रचार भएजस्तो सहकारमिा गतिविधि नभएको स्पष्ट पार्नुभयो । उहाँहरुले सवै सहकारी ठीक छन् भन्ने नभई सवै सहकारी वेठीक पनि नभएको बताउनुभयो ।

संस्थाका अध्यक्ष रोश्नि खनालको अध्यक्षतनमा भएको उद्घाटन सत्रमा सञ्चालन संस्थाका सचिव विशाल कार्की र उद्घाटन सत्रमा सहभागी सवैलाई उपाध्यक्ष उमेश डागीले शब्दमार्फत स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.