देशभर आंशिकदेखि मध्यम वर्षाको सम्भावना, उच्च पहाडमा हिमपातको सम्भावना

A notice in Nepali from Mechinagar Ward No. 10

७ जेठ, काठमाडौँ : देशभर पछिल्लो समय पश्चिमी तथा स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस मौसमी प्रणालीको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। अन्य भूभागहरूमा भने मौसम मुख्यतः सफा वा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ।

हाल कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो र रातिको पूर्वानुमान
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भूभागका थोरै र बाँकी क्षेत्रका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना पनि महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा वा कृषिसम्बन्धी काममा संलग्न रहनुभएका नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.