समितिको निणर्यप्रति उपभोक्ता आक्रोशित : निर्णय फिर्ता लिन आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

१७ साउन, बाहुनडाँगी :  झापाको मेचीनगर —४ मा रहेको बाहुनडाँगी सिद्धिखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाई समितिको निर्णय विरुद्ध उपभोक्ताहरु अक्राशोति भएका छन् ।

कार्य समितिको बैठकले नयाँ धारा जडान शुल्क र पुरानो धारा नवीकरण रकममा गरेको शुल्क बृद्धिप्रति स्थानीय उपभोक्ता आक्रोशित भएका हुन । कार्यसमिति बैठकले नया धारा जडानका लागि नौ हजार र पुरानो धारा नवीकरणका लागि चार हजार पाँच सय रुपैयाँ कायम गरेपछि स्थानीय उपभोक्ताले निर्णय प्रति असन्तुष्ट जनाएका छन् । यसअघि नयाँ धारा जडान शुल्क सात हजार छ सय र पुरानो धारा नवीकरण शुल्क तीन हजार पाँच सय मात्र थियो । समितिले साउन ११ गतेबाट लागू हुने गरी नयाँ धारा जडानमा एक हजार चार सय र पुरानो धारा नवीकरणमा एक हजार रुपैयाँ बृद्धि गरेको संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।

एमालेका नेता डिकेन्द्र थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन् —‘कुनैपनि संस्थाले महत्वपुर्ण निर्णय गर्दा साधारण सभामा प्रस्ताव लैजाने र उपभोक्ताबाट अनुमोदन भएपछि लागू हुने विधि हुदाँहुदैं उपभोक्ताको हित विपरीत गरेको निर्णयको चौतर्फी विरोध हुदाँ पनि हामी समितिले गरेको निर्णय हो भन्दै मनोमानी गर्न खोजे अवश्य पनि उपभोक्ताबाट निर्णयको विरुद्ध प्रतिकार हुनेछ बेलैमा निर्णय फिर्ता लिन समितिलाई अनुरोध छ ।’ उनको यो पोस्टलाई नेकपा माओवादी केन्द्रका नेता तथा संस्थाका पूर्व निवर्तमान उपाध्यक्ष मेघराज खड्काले समेत शेयर गरेका छन् । उनले लेखेका छन, ‘यस्तो निर्णय गर्दा प्रक्रिया पुरयाएर आम उपभोक्ताहरुको सहमतिमा लिएको भए राम्रो हुन्थ्यो । ’

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्व सचिव दिलिप सुब्बाले यस्ता महत्वपूर्ण निर्णयहरु समितिले गर्न नसक्ने । अझ सबै राजनीतिक दल र नागरिक अगुवाहरुसँग प्रारम्भिक परामर्श लिनु उपयुक्तत हुने सुझाव दिएका छन् । महशुल बृद्धि गर्नुपर्ने कारणका विषयमा सम्बद्धपक्षहरुसँग छलफल गरेर बुझ्ने बुझाउनु पर्ने, त्यसपछि साधारण सभामा महत्वपूर्ण एजेण्डाका रुपमा प्रस्तुत गर्नुपर्ने उनको बुझाई छ ।

यता समितिले यो निर्णय रहर नभएर बाध्यता भएको जनाएको छ । ’संस्थाले उपभोक्ताहरुलाई पानी पर्याप्तरुपमा वितरण गर्न नसकेपछि डिप बोरिङ्गबाट पानी वितरण गर्नुपर्दा विजुलीको महशुल धेरै हुने र सामग्री खरिदमा समेत महंगो पर्ने भए पश्चात संस्था सञ्चालनमा कठिनाई भएको हुँदाकार्य समितिको निर्णय अनुसार नयाँ धारा जडान । पुरानो धारा नवीकरण शुल्क निर्धारण गरी साउन ११ गतेबाट धारा वितरण कार्य खुला गरिएकोजानकारी गराईन्छ ।’ संस्थाका अध्यक्ष हेमलाल गुरागाईँद्वारा हस्ताक्षरित मिति २०८२ साल साउन ९ गते जारी सूचनामा नयाँ रकम उल्लेख गरिएको छ ।

‘यो हाम्रो रहर नभएर बाँध्यता हो’ समितिका अध्यक्ष गुरागाईँले भने,‘ शुरुमा नयाँ धारा जडान शुल्क सात हजार छ सय रुपैयाँ थियो । तर, त्यसमा प्रयोग हुने मिटरको गुणस्तर नभएकाले पटक पटक विग्रीने त्यस गर्दा उपभोक्ताहलाई समेत समसया हुने र समितिले उक्त मिटरको सट्टा अर्काै नयाँ मिटर दिदाँ संस्थालाई थप आर्थिक मार पर्ने भएको हुदाँ अब उप्रान्त मिटरको रकम बृद्धि गरौ र गुणस्तर मिटर उपभोक्ताका धारामा जडान गर्ने उद्धेश्यका साथ समितिले गुणस्तर मिटर दिनका लागि मात्र एकजार चार सय रुपैयाँ बृद्धि गरेको हो । पानी महशुलमा समितिले कुनै बृद्धि गरेको छैन ।’ साथै समितिले बाहुनडाँगी सिद्धिखोला एकिकृत खानेपानी उपभोक्ता तथा सरसफाई समितिको विधान अनुसार नै यो निणैयमा पुगेको दबी अध्यक्ष गुरागाईँको छ ।

समितिलाई २० हजार लिटरसम्म पानी उपभोग गरे वापत एक सय रुपैयाँ उपभोक्ताले महशुल बुझउनुपर्ने र त्यो भन्दा बढि उपभोग गरे प्रतिलिटर १३ रुपैयाँ थप महशुल बुझाउनु पर्ने छ । यसले पनि समितिले अहिलेसम्म ठुलोमात्रामा आर्थिक व्ययभार वेहोर्न बाँध्य भएको अध्यक्षको गुरागाईँको भनाई छ । संस्थाको एक महिनाको आम्दानीले त्यो महिनाको खर्च धान्ने समेत अवस्था नरहेको समितिको भनाई छ । कर्मचारी र मसलन्द खर्च वापत हरेक महिना दुई लाखभन्दा बढि रकम खर्च हुने गरेको बताइएको छ । संस्थामा हाल दशजना कर्मचारी कार्यरत छन् ।

संकटै संकटमा रहेको यो खानेपानी संस्थाले जसोतसो उपभोक्ताका घर घरमा पानी पुरयाईरहेको समितिले जनाएको छ । अध्यक्ष गुरागाईँका अनुसार कुल उपभोक्ताहरुमध्ये २५ प्रतिशतले मात्र नियमित ‐मासीक) रुपमा खानेपानीको महशुल बुझाउने गरेको, बाँकी ७५ प्रतिशतले दुई—तीनमहिनामा एकमुष्ट पानी वापतको महशुल बुझाउने गरेका छन् । संस्थाको मुख्यः समस्या नै यहि हो । ‘ नियमित रुपमा पानी महशुल बुझाउने उपभोक्ताहरुको संख्या ज्यादैं न्यून छ । पहिलो महिनाको महशुल दोस्रो तथा तेस्रो महिनालागेपछि मात्र बुझाउछन’, अध्यक्ष गुरागाईँले भने— ‘त्यसमा समितिले केही गर्न सक्दैन । तेस्रो महिनासम्म नबुझाए धारा काट्न सक्ने भएकाले बाँध्य भएर मात्र तेस्रो महिनामा महशुल बुझाउन आउने गरेका छन् । त्यसो गर्दा संस्थाले अघिल्ला महिनाको खर्च कसरी धान्न सक्छ ? ।’ पटक पटक सर्वदलिय र सर्वपक्षिय बैठक डाकेर यस विषयमा जानकारी गराईसकेको समितिले बताए पनि यहाँका राजनीतिक दलका वडा नेताहरु त्यो मान्न तयार छैनन् ।

‘ म नेकपा एमालेको मेचीनगर वडा नम्बर १ को वडाध्यक्ष हुँ संस्थाको पदेन सदस्य पनि हुँ समितिले सर्वदलिय बैठक कहिले कहाँ बोलायो एमालेका युवा नेता डिकेन्द्र थापाले भने— ‘साधारण सभामा एजेण्डा नलैजाने, कसैसँग छलफल भएको छैन, अनि समितिले आफ्नो कोठे बैठकले गरेको निर्णय उपभोक्ताले मानिदिनुपर्ने ।’ यो निर्णय उपभोक्ताको हित विपरीत छ, उपभोक्ताहरुको हित विपरीत गरेको निर्णय हामीलाई मान्य नहुने र १९ गते यसहाँका राजनीतिकहरुले संयुक्तरुपमा संस्थामा ज्ञापन पत्र बुझाउने तयारी भएको थापााको भनाई छ । उपभोक्ता तथा विपन्न वर्गको भावना विपरीत जवरजस्ती नयाँ धारा जडान र पुरानो धारा नवीकरण शुल्क बृद्धि गर्ने निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहन्छ थापाले थपे । उनका अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेता कार्यकर्ताहरुले यसको विरोध गरीरहका छन् ।

हाल यस संस्थामा करीब एक हजार सात सयदेखि एक हजार आठसयसम्म उपभोक्ता रहेको अध्यक्ष गुरागाईँको भनाई छ । यो समिति आउनुभन्दा अघि एक हजार तीन सयको हाराहारीमा उपभोक्ता रहेको बताइएको छ । यस संस्थाले मेचीनगरको १ नम्बर वडा पुरै, वडा नम्बर २ को आधाभन्दा धेरैभाग र वडा नम्बर ४ को थोरै क्षेत्रका बासिन्दालाई पानी वितरण गदैँ आएको छ ।

पूर्वोत्तर झापाको साविक बाहुनडाँगी क्षेत्र बिगतमा खानेपानीको अभावका कारण समस्यामा थियो । अहिले बाहुनडाँगी क्षेत्र खानेपानीमा आत्मर्भिर भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर १, २ र ४ को क्षेत्रमा मात्रै एउटै खानेपानी उपभोक्त समिति मार्फत पछिल्लो १२— १३ बर्षमा करीव २४—२५ करोड रुपैयाँ राज्यले लगानी गरिसकेको यसका पूर्व अध्यक्षहरुको भनाई छ । आर्थिक बर्ष २०६९÷७० देखि चालु आर्थिक बर्षसम्म २३ करोड ८५ लाख ८८ हजार तीन सय ३० रुपैयाँ सरकारको विभिन्न कार्यालयबाट फरक फरक परियोजनाका लागि संस्थामा आएको र खानेपानीका लागि पूर्वाधारलगायतका काममा खर्च भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.