सप्तकोसी नदीमा पानीको सतह बढ्यो, कोसी ब्यारेजका ३८ ढोका खोलिए

A notice in Nepali from Mechinagar Ward No. 10

सुनसरी, भदौ १७: पहाडी भेगमा भएको लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढ्दै गएपछि बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोसी ब्यारेजका ५६ ढोकामध्ये ३८ वटा ढोका खोलिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले दिएको जानकारीअनुसार, बेलुका १० बजे गरिएको जलसतह मापनमा नदीमा पानीको प्रवाह प्रतिसेकेन्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको छ। यसअघि दिउँसो ४ बजे पानीको बहाव २ लाख ५६ हजार १० क्युसेक पुग्दा ३४ वटा ढोका खोलिएको थियो।

खतिवडाले कोसी ब्यारेजमा अहिले रातो बत्ती बालिएको जानकारी दिनुभयो। पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा बढी भएपछि रातो बत्ती बालेर खतराको सङ्केत दिइन्छ, जसले स्थानीयवासी र सरोकारवालाहरूलाई सतर्क रहन चेतावनी दिन्छ।

प्रहरी प्रवक्ता खतिवडाका अनुसार, हाललाई डुबानको प्रत्यक्ष जोखिम नभए पनि पहाडी क्षेत्रमा निरन्तर भइरहेको वर्षाका कारण जलसतह लगातार बढिरहेकाले सप्तकोसी आसपासका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण स्थानमा नजान आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.