
इलाका प्रहरी कार्यालय धुलावारी झापाका प्रमुख प्रहरी निरीक्षक पाण्डवलाल राजवंशीसहितको छलफल पश्चात् सुरक्षा निकायसँगको पहलमा असोज १८ गते देखिको अविरल वर्षाका कारण मेची नदीमा आएको बाढीका कारण नदी बीचमा फसेका चाजनलाई गते करीब विहान करीव साढे आठ बजे उद्धार गरीएको छ ।
झापा जिल्ला मेचीनगर नगरपालिका – १५ वंशलस्थित मेची नदीको बीच भागमा फसेका चार जनालाई नेपाल प्रहरी, नेपाली सेना र स– शस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीद्वारा सकुशल उद्धार गरिएको धुलावारी प्रहरीले जनाएको हो ।
मेची पारीको नेपाली वस्ती जिल्ला झापा जिल्ला मेचीनगर – १५ ग्वाल वस्तीका ५० वर्षीया खोमती यादव , सोहि स्थानका ५० वर्षीया मरीयम मुर्मु , सोहि स्थानका ५० वर्षीय पग्लु पाहन ,भारत घर भई हाल झापा जिल्ला मेचीनगर नगरपालिका – १५ ग्वाल वस्ती बस्ने बर्ष ४० को बिष्णु सिंहलाई वोर्डबाट उद्धार गरीएको प्रहरी निरीक्षक राजवंशीले बताए । यसअघि स्थानीय सरकार र प्रहरी प्रशासनबीच हेलिकोप्टर माग गरी उद्धार गर्ने बताइए पनि बोर्डको माध्यमबाट उद्धार सम्भव भएको प्रहरीको भनाई छ ।

प्रहरी निरीक्षक राजवंशीले स्थानीय सरकार, स्थानीवासी, प्रहरी प्रशासनको सहकार्य समन्वय र उच्च सतर्कताकन कारण बाढीका कारण नगरभित्र मानवीय क्षति नभएको धनको क्षति समेत खासै ठूलो मात्रामा नभएको बताए । मेचीनगर वडा नम्बर – १५ मेचीपारी ग्वाल ,झाडु वस्ती, सिसौ डागीगरी तीनवटा नेपालीहरूको वस्ती छ । सँगै मेची प्राथमिक विद्यालय पनि रहेको छ ।
नगरपालिकाको टोलीले मेची नदीले गरेको क्षति, मेचीनगर ३– को पहलेधाप धरधरेमा सुके निन्दा नदीले पुर्याएको क्षति यसैगरी वडा नम्वर ८, २,४ लगायतका स्थानमा मेची नदी, निन्दा नदीले पुर्याएको क्षतिका बारेमा टोलीले स्थानीयवासीसँग जानकारी लिइएको छ ।

टोलीले बाढीबाट हुने क्षति कम गर्न वा यसबाट बच्नका लागि खोलानाला तथा नदी किनारमा नजान,भारी बर्षाका कारण बाढि, पहिरो र डुबानजस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सवैलाई पूर्वतयारीमा रहन र जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्नसमेत आग्रह गरेको छ । प्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले नगरभित्र थप क्ष्ति हुनबाट बचाउँन तथा क्षति नियन्त्रणका लागि नगरपालिका विपद् व्यवस्थापन समितिलाई सक्रिय हुन तथा कहि कतै अप्रिय घटना भए तत्काल उद्धारका लागि जुट्न समेत निर्देशन दिएका छन् ।
दुवैजनाले सुरक्षा निकायसँग पटक पटक सम्पर्क गरि नगरवासीको अवस्थाका बारेमा जानकारी लिईरहेको बताइएको छ ।
तस्वीरः इलाका प्रहरी कार्यालय धुलावारी

























