Sunday, June 20, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारकाँकरभिट्टा माध्यमिक विद्यालयले ५३ औँ वार्षिकोत्सव मनायो

काँकरभिट्टा माध्यमिक विद्यालयले ५३ औँ वार्षिकोत्सव मनायो

काँकरभिट्टा , ४ फागुन/ काँकरभिट्टा माध्यमिक विद्यालयको ५३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम मंगलवार सम्पन्न भएकाे छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रमकाे उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले  गर्नुभएकाे थियाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमर राईकाे सभापतित्वमा भएकाे कार्यक्रममा सेवा निवृत शिक्षक मीना कट्वाल कार्कीलाई सम्मानसहित विदाई गरिएकाे छ ।

कार्यक्रममा गीत तथा नृत्य प्रस्तुत गरिएकाे थियाे भने विभिन्न स्रष्टाहरूले गजल र कविता वाचन गरेका थिए । साेहि अवसरमा उत्कृष्ट , गरिव,जेहेन्दार विपन्न र अनुशासीत विद्यार्थीलाई सम्मानसहित पुरस्कार प्रदान गरिएकाे थियाे ।

सो कार्यक्रमको विशिष्ट अतिथिमा मेचीनगर नगरपालिकाकी उप -प्रमुख मीना पोखरेल उप्रेती र नगर शिक्षा अधिकारी होमनाथ भण्डारीको रहेको थियो ।

त्यसैगरी अतिथिहरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल, मेची उद्योग वाणिज्य संघ उपाध्यक्ष बिना तामाङ, इलाका प्रहरी कार्यलय काँकरभिट्टा प्रमुख सुनिल दाहाल, अतिरिक्त सशस्त्र प्रहरी बल काँकरभिट्टा ईन्चार्ज प्रेम कुमार राई , काँकरभिट्टा मा .वि अभिभावक संघका अध्यक्ष मुक्ती पौडेल, मेचीनगर नगरपालिका -६ का वडा सदस्य ललित तामाङ, नेकपा नेता माधव अर्याल, नेपाली काङ्ग्रेस मेचीनगर सभापति इन्द्र बुढाथोकी, जनता समाजवादी पार्टीका अध्यक्ष ओम प्रकाश खापुङ ,शिक्षक विद्यालय पूर्व व्यवस्थापन समिति अध्यक्ष राम चन्द्र उप्रेती, सदस्य डिल्लीराम घिमिरे, धन प्रसाद गुरुङ ,संस्थापक प्रधानाध्यापक बुद्दिनाथ पौडेल, पूर्व प्रअ दिलिप अधिकारी र चुडामणि बराल, काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हर्क फयाक रहनु भएको थियो ।

 

उत्कृष्ट विद्यार्थी सम्मान ,गरीब ,जेहेनदार, विपन्न  तथा अनुशासन पुरस्कार , नेतृत्व कौशल पुरस्कार र विभिन्न छात्रवृत्तिबाट कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुलाई नगद तथा सम्मान गरिएको कार्यक्रममा विद्यालयको तर्फबाट प्रधानाध्यापक तुलसी प्रसाद निरौलाले विद्यालयको संक्षिप्त  प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो ।

सोहि कार्यक्रममा भगमाया ओली स्मृति अक्षयकोषका संस्थापक ओजेश ओली ,पुस्तकालय भवन दाता तथा पुष्पा श्रेष्ठ    स्मृति अक्षय कोषका संस्थापक चन्द्रमान श्रेष्ठ , ख्यालीराम / पार्वता देवी अग्रवाल स्मृति अक्षय कोषका संस्थापक रोशन अग्रवाल , इन्द्रबहादुर तामाङ स्मृति अक्षय कोषका संस्थापक बिना तामाङ, नरेश गुरुङ स्मृति अक्षय कोषका संस्थापक धन प्रसाद गुरुङ ,स्वर्णलाल /गीतादेवी डालमिया स्मृति अक्षय कोषका संस्थापक  तथा  मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष  विजय डालमिया  र पदम बहादुर सुतार कार्की छात्रवृतिका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो ।

 

आज वसन्त पञ्चमी समेत भएको वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनु भएको  मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य,  काँकरभिट्टा माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक बुद्दिनाथ पौडेल लगायतले विद्यालयको शैक्षिक उन्नति र प्रगितका लागि शुभकामना मन्तव्य राख्नुभएको भएको थियो ।

काँकरभिट्टा माध्यमिक विद्यालयकी शिक्षिका तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम काँकरभिट्टा माध्यमिक विद्यालयका  सहायक प्रधानध्यापक हरिप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको  थियो ।

 

 

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु