काठमाडौँ। भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप सुदृढ बनाउन एड्रेसग्राफ नेपाल प्रालिले आफ्नो ‘कताहो’ (Kataho) एपमार्फत विशेष सुरक्षा सुविधा सार्वजनिक गरेको छ। निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारी र स्वयंसेवकहरूको सुरक्षालाई लक्षित गरी कम्पनीले यो नि:शुल्क आपत्कालीन सेवा (SOS) सुरु गरेको हो।
निर्वाचनका बेला हुन सक्ने सम्भावित जोखिम, भिडभाड वा असहज परिस्थितिमा प्रयोगकर्ताले यो एपमार्फत आफ्नो यकिन डिजिटल लोकेसनसहितको अलर्ट आफ्ना परिवार वा टिम लिडरलाई पठाउन सक्नेछन्। कम्पनीका निर्देशक लक्ष्मणप्रसाद रिमालका अनुसार, फोन गर्न सम्भव नहुने अवस्थामा पनि यो एपले साइरनसहितको सूचना पठाउनेछ, जसले गर्दा तत्काल उद्धार वा सहयोग पुर्याउन सहज हुनेछ।
कसरी गर्ने प्रयोग? (डिजिटल सुरक्षा निर्देशिका):
सम्पर्क व्यवस्थापन: प्रयोगकर्ताले एपको ‘Emergency Contacts’ सेक्सनमा गएर दुईवटा मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ।
अलर्ट प्रक्रिया: कुनै पनि संकटकालीन अवस्थामा एपको ‘Emergency SOS’ बटनमा गएर स्वास्थ्य, सुरक्षा वा आगलागीमध्ये आवश्यकताअनुसारको विकल्प छनौट गरी थिच्नुपर्नेछ।
लोकेसन ट्रयाकिङ: मेसेज पठाउनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा साइरनसहित प्रयोगकर्ताको ‘कताहो’ कोड (डिजिटल ठेगाना) पुग्नेछ।
१. एपमा आपतकालीन नम्बर थप्ने र प्रयोग गर्ने तरिका
यो सेवा प्रयोग गर्नका लागि पठाउने र प्राप्त गर्ने दुवै पक्ष ‘कताहो’ एपमा दर्ता भएको हुनुपर्छ । सेवा सुरु गर्ने र प्रयोग गर्ने प्रक्रिया तल दिइएको छ:
सबैभन्दा पहिले एन्ड्रोइड वा एप्पल स्टोरबाट ‘कताहो’ (Kataho) एप डाउनलोड गर्नुहोस् ।
आफ्नो जिमेल र मोबाइल नम्बर प्रयोग गरी ओटीपी प्रमाणीकरण गरेर खाता खोल्नुहोस्।
एपको मुख्य स्क्रिनमा रहेको Profile बटनमा जानुहोस् ।
प्रोफाइल पेजको सबैभन्दा तल रहेको Emergency Contacts सेक्सनमा जानुहोस् ।
त्यहाँ रहेको SOS Number 1 वा SOS Number 2 को छेउमा रहेको Edit आइकनमा क्लिक गर्नुहोस् ।
आफ्नो आफन्त वा टिम लिडरको मोबाइल नम्बर राख्नुहोस् । (ध्यान दिनुहोस्: उक्त नम्बर पनि कताहो एपमा दर्ता भएको हुनुपर्छ)
Update बटनमा क्लिक गरेर जानकारी सेभ गर्नुहोस् ।
२. आपत्कालीन मेसेज (SOS) पठाउने प्रक्रिया
कुनै समस्या परेमा एपको नेभिगेसन बारमा रहेको Menu बटनमा क्लिक गर्नुहोस् ।
त्यहाँ उपलब्ध Emergency SOS बटनमा थिच्नुहोस् ।
आफूलाई आवश्यक परेको सेवाको प्रकार (Medical Aid – स्वास्थ्य सहायता, Security – सुरक्षा वा Fire – आगलागी) छनौट गर्नुहोस् ।
आफ्ना सम्पर्क व्यक्तिहरूलाई अलर्ट पठाउनका लागि स्क्रिनमा देखिएको SOS बटनलाई केही सेकेन्डसम्म थिचि राख्नुहोस् ।
यदि स्थानीय निकाय वा नगरपालिकालाई पनि जानकारी गराउनु पर्ने हो भने सोही बटनलाई थप केही सेकेन्ड थिचेर मेसेज पठाउन सकिन्छ।
यसरी मेसेज पठाएपछि सम्बन्धित व्यक्तिकोमा साइरनसहितको सूचना र तपाईंको लोकेसनको ‘कताहो’ कोड पुग्नेछ । जसले गर्दा उनीहरूलाई तपाईंको अवस्था बुझ्न र उद्धार गर्न सजिलो हुनेछ ।
विश्वस्तरको वर्ल्ड समिट अवार्ड (WSA) र नेपालको आईसीटी अवार्डबाट सम्मानित यस एपले स्थानीय तह र सुरक्षा निकायलाई पनि संकटको जानकारी गराउन सक्ने सुविधा दिएको छ। निर्वाचन आयोगले २४ घण्टाभित्रै नतिजा दिने र सुरक्षाका लागि नेपाली सेनाले हवाई गस्ती गरिरहेको सन्दर्भमा, यो डिजिटल औजारले निर्वाचनमा खटिने जनशक्तिको सुरक्षामा थप एक इँटा थप्ने विश्वास गरिएको छ।
नेपालमै विकसित यो डिजिटल सोलुसनलाई अधिकतम प्रयोग गरी निर्वाचनको समयमा सुरक्षित रहन एड्रेसग्राफ नेपालले सबैमा अनुरोध गरेको छ । थप जानकारीका लागि कम्पनीको सम्पर्क नम्बर ९८५१०२२७११ मा सम्पर्क गर्न सकिनेछ ।
सोर्स – टेकपाना


























