Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह पर्यटन / भ्रमणकाँकरभिट्टामा ‘पर्यटन सुरक्षा तथा सरोकारवालाको दायित्व ’ विषयक अन्तरक्रिया

काँकरभिट्टामा ‘पर्यटन सुरक्षा तथा सरोकारवालाको दायित्व ’ विषयक अन्तरक्रिया

काँकरभिट्टा, २५ फागुन ÷ ‘पर्यटन सुरक्षा तथा सरोकारवालाको दायित्व ’ विषयक अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रम बुधवार झापाको मेचीनगरमा सम्पन्न भएको छ ।
पर्यटन प्रहरी ईकाई भृकुटीमण्डव काठमाडौं र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , पर्यटन विभागले संयुक्तरुपमा पर्यटक प्रहरी, स्थानीय प्रहरी, स्थानीय व्यवसायी तथा पर्यटनसँग सम्बद्घ सरोकारवाला निकायहरुबीच कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गदैं प्रमुख अतिथि मेचीनगर प्रमुख आचार्यले विश्वव्यापीरुपमा फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को प्रभावले विश्वको अर्थतन्त्रमा ठूलो संकट सिर्जना गरेको छ । यसैका कारण नेपालको अर्थतन्त्र समेत निक्कै डामाडोल भएको बताउनुभयो ।

कोभिड १९ कै कारण नेपालको पर्यटन क्षेत्र प्रभावित भएको छ । नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेर २० लाख पर्यटक भित्रियाउने लक्ष्य समेत प्रभावित भयो । जस्ले गर्दा पर्यटकका भरमा चलेका जस्तै पर्यटन, होटललगायतका व्यवसाय धरापमा परेको उहाँको तर्क थियो । उहाँले सरकारले पर्यटन उद्योगलाई बचाउन अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । त्यसका लागि आफु स्थानीय सरकार प्रमुख भएका कारण आफु पनि यस विषयमा लाग्ने बताउनुभयो ।

अब बाह्य पर्यटकका लागि मात्र नभई आन्तरिक पर्यटकको प्रवद्र्घनमा लाग्न सम्बन्धित पक्षलाई सुझाव दिनुभयो । यसको लागि आन्तरिक रुपमा प्रचारप्रसार गर्न, नेपाल सुरक्षित छ भनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमबाट प्रचारप्रसार गरी पर्यटक भित्रियाउने योजनामा लाग्नु पर्ने हरेक व्यवसायीहरुको आजको मुख्यः जिम्मेवारी रहेको उहाँको भनाई थियो ।

हरेक व्यवसायीहरु आन्तरिक पर्यटकको रुपमा घुम्न निस्कनु पर्ने बताउँदै उहाँले उच्च मनोबल बनाएर आन्तरिक पर्यटनमा बृद्धी गर्न सकेमा मात्र पनि केही हुने बताउनुभयो । नेपालमा पर्यटक भित्रियाएर पर्यटन प्रवद्र्धन र विकास गरी आर्थिक विकासलाई चलायमान बनाएर नेपालका सबै क्षेत्रमा पर्यटक पुग्ने वातावरण बनाउन जरुरी रहेको उहाँको भनाई छ । आन्तरिक पर्यटक प्रवद्र्घनमा जोड दिदैं नगरप्रमुख आचार्यले पर्यटन विकासमा् सवै व्यवसायी एकसाथ अघि बढ्न सुझाँव दिनुभयो । पर्यटक भनेका विदेशीमात्र होईन स्वदेशी पनि हुन भन्न बुझ्न जरुरी रहेको औल्याउदैं बाह्यभन्दापनि आन्तरिक पर्यटकलाइ समेत आकर्षित गर्नुपर्नेमा उहााँके तर्क थियो । के गर्दा धार्मिक एवम् पर्टकीयक्षेत्रको विकास र सम्वद्र्घन गर्न सकिन्छ अनि अधिक से अधिक पर्यटक भित्रियाउन सकिन्छ त्यसतर्फ व्यवसायी बेलैमा लाग्नु पर्ने भन्दैं यसका लागि स्थानीय सरकार सकरँत्मकरहेको उहाँको भनाई थियो ।

विशिष्ट अतिथि ेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरभित्रका धार्मिक एवम् पर्यटकीक्षेत्रका बारेमा जानकारी दिनुभयो। उहाँले नगरभित्रका धार्मिक एवम् पर्यटकीक्षेत्रमा कसरी सहजरुपमा पर्यटकहरुलाई पुर्याउन सकिन्छ त्यस विषयमा नगरपालिका लागि परेको र त्यहाँका समस्या पहिचान गरी समाधानतर्फ लाग्ने बताउनुभयो ।

पर्यटन प्रहरी ईकाई भृकुटीमण्डव काठमाडौंका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिशोर साहाले स्वागतसहित प्रोजेक्टरका माध्यमबाट विभिन्न विषयमा प्रकाश पार्नुभएको थियो । पर्यटकको चिनारी, पर्यटक प्रहरीको सामान्य जानकारी, पर्यटन प्रहरीको विकाशक्रम, पर्यटक प्रहरीका उद्घेश्य, काम कर्तव्यहरु, हाल गदैं आएको गतिविधि, कार्य सम्पादन प्रकृया,पर्यटक विरुद्घ हुने अपराधहरु, पर्यटकहरुबाट हुने अपराधहरुलगायत विभिन्न विषयमा प्रस्तुती दिनुभएको थियो ।


कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकार श्रवणकुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी बल गण नम्बर २ का प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप अनुसन्धान निर्देशक तिलक प्रसाईँ, पर्यटन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख प्रभात भट्टराई अध्यगमन कार्यालय काँकरभिट्टाका प्रमुख जनक कोइरालालगायत पर्यटकसँग सम्बद्घविभिन्न व्यवसायीहरुले आ आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन पर्यटन प्रहरी ईकाई भृकुटीमण्डव काठमाडौंका प्रहरी नायव निरीक्षक दिनेश थापाले गर्नुभएको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु