Thursday, June 30, 2022
[email protected]
Mero Mechinagar
 
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
Mero Mechinagar
समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
 
गृह अर्थ / वाणिज्य

भारतीय रोगीले थेगेका मेचीनगरका आँखा अस्पताल सुनशान

एउटा अस्पतालले दैनिक तीनदेखि चारलाख रुपैयाँ नोक्शान व्यहोरीरहेको सञ्चालकको भनाई

  • मेरो मेचीनगर डेस्क मेरो मेचीनगर डेस्क
  • September 14, 2020
  • 1:35 PM
  • No Comments
भित्र अर्थ / वाणिज्य, मुख्य समाचार
0 0
A A
0
सेयर
31
हेरिएको
Share on FacebookShare on Twitter

काँकरभिट्टा | विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ का कारण यतिखेर विश्वका हरेकक्षेत्र बन्दाबन्दीको अवस्थामा छन् । शैक्षिक संस्था, यातायात, पर्यटक्षेत्र, होटललगायत धेरै व्यवसाय सञ्चालनमा सरकारले रोक लगाएको छ । सरकारले स्वास्थ्य जस्तो सम्वेदनशीलक्षेत्र सञ्चालनमा कुनै अवरोध नगरेको भएपनि सीमावर्तीक्षेत्रमा सञ्चालनमा रहेका अधिकाँश आखाँ अस्पताल यतिखेर सुनसान बनेका छन् । यतिमात्र होइन अहिले एउटा अस्पतालले दैनिक तीनदेखि चारलाख रुपैयाँ नोक्शान व्यहोरीरहेका छन् ।

अधिकाँश भारतीय आँखा रोगीको भरमा चलेका झापा मेचीनगर—६ र ७ मा सञ्चालनमा रहेका आँखा अस्पतालहरु भारततर्फबाट आँखाका रोगी नआउँदा सुनशान झै छन् । प्रत्येक आँखा अस्पतालले विरामी आफुतिर तान्नका लागि नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा कर्मचारी खटाउने गरेका छन् । आसामी, बंगाली हिन्दी भाषामा दख्खल भएकाहरु लाई त्यहाँ अस्पतालले परिचालन गर्ने गरेका छन् ।

विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि सीमावर्ती नाकामा आवताजावतमा कडाइ गरेका कारण अहिले भारतीय रोगीहरु आउन छाडेका छन् । मेचीनगर—६ काँकरभिट्टा वरिपरीमात्र निक्कै सुविधा सम्पन्न र अत्यधूनिक तीनवटा आँखा अस्पताल छन् । काँकरभिट्टामा मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल, काँकरभिट्टा आई केयर सेन्टर प्रालि र मेची दिव्यज्योति आँखा अस्पताल प्रालि नियमित सञ्चालनमा रहेका छन् ।

मेची दिव्यज्योति आँखा अस्पताल प्रालिले शाखाका रुपमा मेचीनगरको ७ नम्बर वडामा समेत सेवा दिईरहेको छ । ती सवै अस्पताल भारतीय विरामीको भरले चलेका छन् । यी सबै अस्पतालमा प्रायः दैनिक शल्यव्रिmया हुने गर्दथ्यो । तर, अहिले सवै अस्पतालमा भारतबाट विरामी नआउदाँ सुनशान झै बनेको काँकरभिट्टा आई केयर सेन्टर प्रालिका व्यवस्थापक योगेन्द्रजित शाहीको भनाई छ । ‘विगत ६ महिनादेखि अस्पतालहरु सुनशान छन्’ उहाँले भन्नुभयो —‘नोवल कोरना भाइरस कोभिड १९ का कारण सीमा बन्द छ । यसका कारण अहिले भारतीय विरामीको संख्या शुन्य छ । नेपालका तराईक्षेत्रमा सञ्चालनमा रहेका अधिकाँश आँखा अस्पतालको मुख्यः श्रोत भनेकै भारतीय विरामीहरु हुन् । दैनिक १० देखि १५ वटासम्म शल्यक्रिया हुन्थयो । ६ महिनादेखि अप्रेशसन थिएटर बन्द छ । दैनिक २ देखि ४ लाख रुपैयाँ नोक्शान अस्पतालले व्यहोर्नुपरेको छ ।’ यस अस्पतालमा प्रत्यक्षरुपमा ४५ जनाले रोजगार पाएका थिए । आज अस्पताल ठप्प हुदा सवैलाई पालैपालो काम दिनु परेको छ ।

यहाँ सञ्चालनमा रहेका अस्पतालमा आँखा उपचारका लागि आउने स्वदेशी भन्दा पनि विदेशी विरामीको घुँईचो ठुलै लाग्ने गरेको छ । सामान्यदेखि ठुल्ठुला रोगको पहिचान गर्न यहाँका मानिस सीमावर्ती भारतीय शहर धाउँनुपर्ने भएपनि आँखा उपचारका लागि विदेशीको ठुलै भीड नेपालका आँखा अस्पतालमा लाग्ने स्वयम् अस्पताल सञ्चालकहरु बताउँछन् । स्थानीय स्तरमा आँखा उपचारकालागि भरपर्दाे स्वास्थ्यकेन्द्र नहुँदा अधिकाँश भारतीयहरु पूर्वी नेपालका बिभिन्न स्थानमा खोलिएका आँखा अस्पताल धाउने गरेका छन् । काँकरभिट्टामा सञ्चालनमा रहेका आँखा अस्पतालमा उपचारकालागि आउने ९० प्रतिशत आँखाका रोगी विदेशी हुने गरेका छन् ।

हजारौ विदेशी आँखा रोगीहरुकालागि यहाँ खोलिएका अस्पताल उपचारकालागि आशा र भरोसाको प्रमुख केन्द्रबिन्दु बनेका छन् । नेपालमा आँखाको उपचार विदेशमा भन्दा चार गुणा सस्तो, गुणस्तरीय र विश्वसनिय प्रविधिका कारण विदेशीको नेपालतर्फका आँखा अस्पतालमा मोह बढेको बताउँछनुहुन्छ मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालि आँखा अस्पताल,का सञ्चालक तथा वरिष्ठ नेत्ररोग विशेषज्ञ डक्टर शरदचन्द्रप्रकाश राई । उहाँका अनुसार अस्पताल ५ दर्जनबढिले रोजगारको अवसर प्राप्त गरेका भएपनि अहिले आलोपालोमा काम गरीरहेका छन् ।

२०६४ सालमा पहिलो पटक काँकरभिट्टामा सञ्चालनमा आएको मेची नेत्रालय पनि विदेशी विरामीकै भरले थेगेको छ ।सर्वसाधारण सहजताका लागि अस्पतालले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमले केही स्वदेशी रोगीको सामान्य चहल पहल रहेको डक्टर राईको भनाई छ । नगरमा सर्वसाधारणको सहजताका लागि यस अस्पतालले मात्र नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरेको छ ।

यस बाहेक नेपाल भारतको खुल्ला सीमा वोडर र निर्वाधरुपमा आवत जावत गर्न पाउने भएकाले पनि विरामीहरु आउने गरेका छन् । आसाम, बिहार, बंगाल, सिक्किमलगायत अन्य क्षेत्रबाट विरामी आउँछन् । भारतको तुलनामा नेपालमा सस्तो राम्रो र भरपर्दाे उपचार हुने भएकाले विदेशीको चाप नेपालका आँखा अस्पतालमा बढेको अस्पताल सञ्चालकहरु बताउछन् । तर, नोवल कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि गरिएको लकडाउनका कारण भारतबाट आँखाको उपचारका लागि विरामी आउन छाडेपछि आँखा अस्पताल प्रभावित बनेको मेची दिव्यज्योति आँखा अस्पतालका सञ्चालक रामप्रसाद ओलीको भनाई छ ।

झापाको मेचीनगरमा मात्र होईन जनकपुर पूर्व एकदर्जनबढी आँखा अस्पताल छन् । त्यहाँ उपचारकालागि आउने ८० देखि ९० प्रतिशत विदेशी हुन्छन् । ती अस्पतालमा वार्षिकरुपमा २ लाख २० हजार मानिसको आँखाको शल्यव्रिmया हुन्छ सो वापत १ अर्व १० करोड विदेशी रकम नेपाल भित्रिन्छ । यसरी विदेशी रोगी उपचारकालागि नेपाल आउँदा अन्य व्यवसायीलाई समेत राहत मिल्ने गरेको छ । यसका कारण ती अस्पताललाई स्वास्थ्य मापदण्ड अप्नाएर उपचार गर्ने तथा विरामी आउने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।

 

ShareTweetShare

Leave a Reply Cancel reply

सम्बन्धित अन्य समाचारहरु

लोप हुदैँ गएको बेठी संरक्षणमा मेचीनगरवासी : १९ औं राष्ट्रिय धान दिवसको अवसरमा सांसद देखि नेतासम्म रोपाहार
कृषि

लोप हुदैँ गएको बेठी संरक्षणमा मेचीनगरवासी : १९ औं राष्ट्रिय धान दिवसको अवसरमा सांसद देखि नेतासम्म रोपाहार

June 29, 2022
नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा
अन्तर्राष्ट्रिय

नेपाली रुपैयाँ इतिहासकै कमजोर अवस्थामा

June 29, 2022
अर्थ / वाणिज्य

आज रोपाइँ गरेर देशभर राष्ट्रिय धान दिवस मनाइँदै

June 29, 2022
मुख्य समाचार

आजको राशिफल (मिति २०७९ साल असार १५ गते बुधबार)

June 29, 2022
लगातारको वर्षासँगै आएको बाढीले झापाका विभिन्न ठाँउमा डुवान
दुर्घटना / विपद्

लगातारको वर्षासँगै आएको बाढीले झापाका विभिन्न ठाँउमा डुवान

June 28, 2022
सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी
अर्थ / वाणिज्य

सिप सिकेर दक्ष बन्ने हो भने, कोहि पनि बेरोजगार बस्नु पर्दैनः नगर प्रमुख बुढाथोकी

June 28, 2022

– विज्ञापन –

 
 
 

अर्को समाचार

याेशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने पक्का

प्रकाशन : हब डिजिटल मिडिया प्रा. लि.
कम्पनी दर्ता नम्बर : २४२८७८/०७७/०७८
स्थायी लेखा नम्बर : ६०९८०६२१६
सूचना विभाग दर्ता नम्बर : २२०३/०७७/०७८
प्रेस काउन्सिल सूचिकरण नम्बर : ८६६/०७७/०७८

संचालक समूह :

अध्यक्ष
उदयकुमार श्रेष्ठ

प्रवन्ध निर्देशक
सुजन प्रधान

प्रधान सम्पादक 
दुर्गाबहादुर लुइटेल 

सम्पादक
लक्ष्मी उप्रेती

सम्पर्क :

ठेगाना
मेचीनगर नगरपालिका
झापा, प्रदेश -१, नेपाल

फोन नम्बर
९८५२६६२२६५

इमेल
[email protected]

हामी संग फेसबुकमा जोडिनुहोस

Mero Mechinagar © 2021

Site by: The Hub

समाचार भेटिएन
सबै समाचार हेर्नुहोस
  • गृह
  • समाचार
  • मेचीनगर अपडेट
  • राष्ट्रिय
  • स्थानीय
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • प्रदेश
    • प्रदेश-१
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • मनोरन्जन
  • अन्य
    • अर्थ / वाणिज्य
    • खेलकुद
    • सूचना / प्रविधि
    • विचार / समीक्षा / अन्तर्वार्ता
    • कानून / अपराध
    • दुर्घटना / विपद्
    • कृषि
    • शिक्षा
    • साहित्य / कला
    • पर्यटन / भ्रमण
    • धर्म / संस्कृति
    • कोरोना अपडेट
    • स्वास्थ्य / जीवन शैली
    • राशिफल
    • फोटो / भिडीयो

Mero Mechinagar © 2021 | Powered by: The Hub

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In