Wednesday, April 21, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारसञ्चालक सदस्यमा मिश्रित परिणाम

सञ्चालक सदस्यमा मिश्रित परिणाम

३ सीटमा साझा तथा २ सीटमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी

काँकरभिट्टा,२२ चैत | नयाँ नेतृत्व चयनका लागि शनिबार सम्पन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचनमा सञ्चालक समितिको सदस्यमा मिश्रित परिणाम आएको छ । आईतबार सम्पन्न मत गणनाको अन्तिम नतिजा अनुसार सञ्चालक समितिको महिला सदस्य दुर्गादेवि भेटवाल र पार्वति खड्का विजयी भएका छन् ।

नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार भेटवालले १ हजार ४ सय १० र नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार खड्काले १ हजार ५ सय ६० मत प्राप्त गदैं विजयी हुनुभएको हो । पराजित महिला सदस्यहरुमा नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार मिनमाया लिम्बु सुब्बाले १ हजार १ सय १५ र नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार जोस्ना राजवंशीले १ हजार ३ सय

४३ मत प्राप्त गर्नुभएको छ । यद्यपि यसलाई निर्वाचन समितिले आधिकारीक घोषणा गर्न बाकी छ ।
यसैगरी वडा नम्बर ५ सम्ममा नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार केदारजंग भट्टराई १ हजार ४ सय ९९ मत प्राप्त गदैं विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार रविन राउतले १ हजार ३ सय ९१ मत प्राप्त गर्नुभयो ।

वडानम्बर ६ का लागि नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार प्रितम काफ्ले १ हजार ५ सय ९७ मत प्राप्त गदैं विजयी हुनुभयो । कार्य समिति सदस्यमा सवैभन्दा बढी मत उहाँले प्राप्त गर्नुभएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार शेरबहादुर थापा ९ सय ३३ मत प्राप्त गदैं पराजित हुनुभयो । उता वडानम्बर ७ र ८ तर्फ नेकपा एमाले र राप्रपाको गठबन्धन प्रगतिशील लोकतान्त्रिक साझा प्यानलका उम्मेद्वार नारायण काफ्लेले नेपाली काँग्रेसले जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रको गठबन्धन लोकतान्त्रिक प्यानलका उम्मेद्वार खगराज भट्टराई सुरेशलाई पराजित गर्नुभयो । काफ्लेले १ हजार ३ सय ५३ र भट्टराईले १ हजार १ सय १३ मत प्राप्त गर्नुभएको छ । सोहि वडाबाट संघिय लोकतान्त्रिक मंचका तर्फबाट उम्मेद्वारी दिनुभएका भवानीविक्रम तुम्बापोले ४ सय ५७ मत प्राप्त गर्नुभएको छ । यी सवै मत परिणाम निर्वाचन समितिले आधिकारिकरुपमा भने पुष्टि गर्न बाकी छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु