काँकरभिट्टा, १० बैशाख | पूर्वीनाका काँकरभिट्टा भएर बंगलादेशसँग हुने नेपालको व्यापार घट्दो छ । शुरुआती केही वर्ष वाहेक हरेक वर्ष व्यापार नेपालको पक्षमा भएपनि चालु आर्थिक वर्ष २०७७/२०७८ को पहिलो नौ महिनामा काँकरभिट्टा नाका भएर बंगलादेशसँग हुने नेपालको व्यापार शुरुआती समयमा झै घट्दो अवस्थामा रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ । यो अवधिमा नेपालले यो नाका हुँदै बंगलादेशसँग हुने व्यापारमा ३ खर्व रुपैयाँ भन्दा बढी घाटा व्योहोरेको छ ।
भन्सार अधिकारीहरुका अनुसार काँकरभिट्टा नाका भएर बंगलादेशसँग हुने नेपालको व्यापारमा निर्यात भन्दा आयात बढी भएकाले नेपालको व्यापार घट्दो अवस्थामा रहेको हो । चालु आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि चैतमसान्तसम्म ३ खर्व ४५ अर्व १४ करोड ५९ लाख ७० हजार रुपैयाँ मुल्य बराबरका बस्तु आयात हुँदा निर्यात भने ४४ अर्व ६७ करोड ७७ लाख १३ हजार रुपैयाँमात्र छ । यो अवधिमा ३ खर्व ४६ करोड ४२ लाख ५७ हजार रुपैयाँ नेपालको व्यापार घाटा रहेको तथ्याङ्कले देखाएको छ । नेपालले वंगलादेशसंग औपचारिक व्यापार शुरु गरेको २३ वर्ष भयो ।
२०५४ भदौ १४ देखि नेपालले वंगलादेशसंग औपचारिक व्यापार थालेको हो । काँकरभिट्टा – फूलवारी – वंगलावन्द मार्ग सञ्चालन भएसगं दुई देशको व्यापार शुरु भएको थियो । बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसंगको व्यापार वर्सेनी नेपालको पक्षमा हुन्थ्यो । एकजना भन्सार अधिकारकिा अनुसार पछिल्ला केहि वर्षको तथ्यांङ्कले वंगलादेशसंगको व्यापार क्रमशः ओरालो लाग्न थालेको देखाउँछ ।
‘आर्थिक वर्ष २०६४/०६५ देखि गत आर्थिकबर्ष २०७०२०७१ सम्म आईपुग्दा नेपालले कहिल्यै नोक्सान सहनु परेको थिएन्’ प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भन्नुभयो—‘गहुँ र मुसुरोको दाल निर्यातले मुख्यः भूमिका निर्वाह गरेको थियो । अहिले गहुँको निर्यात शुन्य झै छ दालको निर्यात हरेक वर्ष घटदै छ यसैका कारण नेपालले घाटा सहनु परेको हो ।’ विगतमा जस्तो दाल निर्यात नहुनुको कारण भारतले नाकामा कडाई गर्नु र पर्याप्त दाल नेपाल भित्रिन नपाउँदा बंगलादेश निर्यात समेत घटेको सरोकारवालाको बुझाई छ । विगतमा दाल जस्तै गहु“ बंगलादेश निर्यात हुन्थ्यो त्यो पनि बन्द छ ।
काँकरभिट्टा – फूलवारी – वंगलावन्द मार्ग सञ्चालन भएको १७ वर्षमा २५ अर्व ४३ करोड १८ लाख मूल्यको नेपाली सामान निर्यात तथा आठ अर्व ८० करोड वढी मूल्यको सामान वंगलादेशवाट आयात भएको थियो । नेपालवाट मुसुरो दल अतिरिक्त डावर नेपालका उत्पादनहरु मह, हजमोला, च्वानप्रास, कपालमा लगाउने तेल प्रमुख रुपमा निर्यात हुन्छन् । त्यस्तै चिराइतो, मजितो, रिठ्ठालगायतका जडिवुडीहरु पनि वंगलादेश निर्यात सूची रहेको तथ्याङ्कमा उल्लेख छ । वंगलादेशवाट कटन वेष्ट, औषधि, फेव्रिक, जुट, चिनी, दुध पाउडर, आलुलगायत वस्तु आयात हुन्छन् । वंगलादेशमा नेपाली तरकारीजन्य वस्तु र फलफूलको अत्याधिक माग छ ।

























