प्रदेश एकको पर्यटन क्षेत्रले फड्को मार्ने राज्यमन्त्री ओझाको विश्वास

A notice in Nepali from Mechinagar Ward No. 10

विराटनगर, वैशाख १३ | पर्यटन क्षेत्रको पूर्वाधार निर्माण र प्रचारमा ध्यान दिन सके प्रदेश एकको पर्यटन क्षेत्रले कम समयमै फड्को मार्ने प्रदेश एकका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले बताएका छन् ।

विराटनगरमा नाट्टा प्रदेश नं १ का अध्यक्ष उदय कुमार श्रेष्ठको अध्यक्षतामा सोमवारदेखि शुरू भएको तीन दिने डिजिटल मार्केटिङ एण्ड प्रोडक्ट प्याकेजिङ तालिमको उद्घाटन गर्दै राज्यमन्त्री ओझाले प्रदेश एक जैविक विविधतायुक्त र मनोरम ठाउँ भएकाले सानो मेहनतले पनि ठूलो लाभ लिन सकिने तर्क गरे ।

विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि दर्जनौं मनोरम पर्यटकिय क्षेत्र भएपनि प्रदेश एकमा पर्यटकिय क्षेत्रको विकास र विस्तार हुन नसकेको भन्दै राज्यमन्त्री ओझाले पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

पर्यटन व्यवसाय एउटाले मात्र गरेर सफल नहुने भन्दै राज्यमन्त्री ओझाले त्यसकालागि सरकार नीजि क्षेत्र हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए । अहिलेको एक्काइसौं शताब्दीको व्यवसाय डिजिटल व्यवसाय भएकाले त्यसका लागि व्यवसायीले पनि आफ्नो सीप तथा क्षमतालाई बिस्तार गर्नुपर्नेमा राज्यमन्त्री ओझाको जोड छ । प्रदेश एकका पर्यटन व्यवसायीलाई नेपाल पर्यटन बोर्डले दिएको डिजिटल मार्केटिङ र प्रोडक्ट प्याकेजिङ तालिमले व्यवसाय बिस्तार हुनुका साथै उत्पादनको विविधिकरण भई रोजगारी र आम्दानी बढाउन सहयोग पुग्ने ओझाको विश्वास छ ।

नेपाल पर्यटन बोर्डका प्रवन्धक सुमन घिमिरेले कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई सानो भएपनि सहयोग पुग्ने ध्येयले कोभिडको दोस्रो लहरकाबीच स्वास्थ्य सावधानी अपनाएर बोर्डले तालिम सञ्चालन गरेको जानकारी दिए । अहिलेको युग डिजिटल युग भएको भन्दै प्रवन्धक घिमिरेले प्रविधिले वस्तु तथा सेवाको उत्पादन लागत घटाउनुका साथै व्यवसाय सरल र सहज बनाई आम्दानीमा गुणात्मक बृद्धि गर्नेे बताए । तालिम पछि पर्यटन व्यवसायीले आधुनिक तरिकाबाट आफ्नो उत्पादनको बजार प्रवर्द्धन गर्न सक्षम हुने प्रवन्धक घिमिरेको भनाई छ ।

कार्यक्रमलाई होटल एशोसियसन अफ नेपालका केन्द्रीय सदस्य राजन श्रेष्ठ, पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ, तुलसी पोखरेल लगायतले कोभिड १९ ले थला परेको पर्यटन व्यवसायलाई उकास्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

नेपाल पर्यटन बोर्ड तथा नेपाल एसोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेश एकको संयुक्त आयोजना र विराटनगर एशोसियसन अफ ट्राभल एजेन्टको सहकार्य रहेको तालिमको उद्घाटन कार्यक्रम नाट्टा प्रदेश नं १ का महासचिव नविन खरेलले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.