मेचीनगर, १४ जेठ / झापाको दमक बहुमुखी क्याम्पस भवनको आज शिलान्यास हुदैंछ । दिउसो ११ बजे भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको आज शिलान्यास गर्ने योजना छ । करिब १० करोड रुपैंयाँमा बन्ने सो भवनको बजेट संघीय सरकारले विनियोजन गरेको र दमक नगरपालिका मार्फत निर्माण हुन लागेको हो ।
क्याम्पस प्रमुख नेत्र बुढाथोकीका अनुसार व्याशायीक प्रयोजन सहितका चार वटा व्लकहरु शिलान्यास हुनेछन् । सबै ब्लकहरु भूकम्प प्रतिरोधी बन्नेछन् । हरेक भवन अण्डर ग्राउण्ड पार्किङ सहित पाँच तलाका हुनेछन् । जसमा एकतला सटर र एउटा भवनमा ६ वटा कक्षा कोठा हुनेछन् । जम्मा २४ वटा कक्षा कोठा र १४ वटा सटर सहितका भवन बन्न लागेको हो । दमक प्रधानमन्त्री ओलीको गृह नगर हो ।
























