श्रीलंकाकाे राष्ट्रपति निवास प्रदर्शनकारीकाे कब्जामा

A notice in Nepali from Mechinagar Ward No. 10

२५ असार, काठमाडौँ : श्रीलंकाकाे राष्ट्रपति निवास प्रदर्शनकारीले बब्जामा लिएका छन। शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति निवास घेराउ गरी कब्जामा लिएका हुन।

प्रदर्शनकारीले भवन कब्जामा लिन थालेपछि राष्ट्रपति गोताबाया राजापाक्षे सरकारी निवास छाडेर भागेका छन्।

शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राष्ट्रपति निवासभित्र प्रवेश गरेका प्रदर्शनकारीहरूले स्वीमिङ खेल्नुका साथै चिया पिइरहेको दृश्य देखिएको छ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरूले ‘पुलिस ब्यारिकेड’ साथै राष्ट्रपति कार्यालयको गेट तोडफोड गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त आन्दोलन यस वर्षको सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक हो।

जहाँ प्रदर्शनकारीहरूले श्रीलंकाको राष्ट्रिय झण्डा प्रदर्शन गर्नुका साथै राष्ट्रपति सरकार विरोधी ब्यानर देखाएका छन्। प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि प्रदर्शन रोकिएको छैन।

सुरक्षाकर्मीले थुप्रै अश्रुग्यास प्रहार गर्नुका साथै हवाइ फायर गरी प्रहरीले कर्फ्यू लगाए पनि प्रदर्शनकारीहरू त्यसको अवज्ञा गर्दै सडकमा उत्रिएका छन।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघेले सबै राजनीतिक दलका नेताहरूलाई आकस्मिक बैठक बोलाएका छन्। साथै उनले विज्ञप्ति जारी गर्दै संसद बैठक बोलाउन पनि सभामुखलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.