महाङ्कालेश्वर मन्दिरद्वारा प्रमुख उपप्रमुखसहित जनप्रतिनिधिहरुलाई सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित झापाको मेचीनगर १० नम्वर वडाका जनप्रतिनिधिहरूलाई मेचीनगर १० खयरडाँगीमा रहेको एक धार्मिक संस्थाले सम्मान गरेको छ ।

शनिवार महाङ्कलेश्वर शिवालय एवम् पूण्यश्वरी दुर्गा मन्दिरले आफ्नो २८ ओैँ वार्षिक साधारण सभाको अवसर पारेर सम्मान गरेको हो । नगर प्रमुख र उपप्रमुखसहित वडाध्यक्ष नारायण खनाल, वडासदस्य, महिला सदस्य, दलित महिला सदस्य गरी ७ जना जनप्रतिनिधलाई एउटै मञ्चमा स्वागतसहित सम्मा गरेको संस्थाका अध्यक्ष कुमार बस्नेतले बताउनुभयो ।

अध्यक्ष बस्नेतको सभापतित्व र नगर प्रमुख बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्दिरका सल्लाकार संयोजक नरपति पौडेलले सबैलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

सचिव केदार गौतमले सञ्चालन गर्नुभएको साधारण सभाको उद्घाटन सत्रमा अध्यक्ष बस्नेतले मन्दिर समितिकातर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा विगत, वर्तमान र भावीयोजना समेटिएको छ । सीता नेपालले स्वागत गर्नुभएको कार्यक्रममा नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष खेमराज राजु पोखरेल, नेकपा एकीकृत समाजवादीका जिल्ला नेता विशेश्वरप्रसाद भट्टराईलगायत विभिन्न संघ संस्था, किर्तन मण्डलीका प्रमुख प्रतिनिधिहरूले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.