पूर्वी नाकाबाट दशमहिनामा १० करोड रुपैयाँ बढीका मेसीनरी तथा पार्टपूर्जा आयात

A notice in Nepali from Mechinagar Ward No. 10

२० जेठ, मेचीनगर : पछिल्लो समय नेपाल औद्योगिक वातावरण बनेको संकेत मिलेको छ । मुलुकमा मेसिनरी तथा यसका पार्टपुर्जा आयात वृद्धिले यस्तो संकेत दिएको हो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार नेपाल प्रवेशको पहिलोद्वार काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिना साउन–वैशाखसम्म १० करोड ९५ लाख १७ हजार रुपैयाँ बराबरको ९ सय १९ वटा मेसीनरी तथा पार्टपूर्जा आयात भएका छन् । जसबबट त्यो अवधिमा कार्यालयले ११ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

मुलुकमा विद्युत् उपलब्धता र राजनीतिक स्थिरतासँगै औद्योगिक उत्पादन बढ्न थालेको कारण यस्ता वस्तुको आयात प्रत्येक महिना बढ्न थालेको छ । पूर्वी नाकाबाट मेसिनरी तथा पार्टपुर्जा आयात हरेक महिना बढेको छ । भन्सार कार्यालयको अभिलेखले पनि यसलाई पुष्टि गर्दछ ।

औद्योगिक क्षेत्रमा प्रयोग हुने मेसिनरी सामान तथा पार्टपुर्जाको आयात ह्वात्तै बढ्नुको मुख्यः कारण विद्युतको उपलब्धता र राजनीतिक स्थिरतानै रहेको उद्योगी व्यवासयीहरुको भनाई छ । विगतका डेढ—दुईवर्षयता मुलुकभर लोडसेडिङ भएको छैन । लोडसेडिङका बखत तथा औद्योगिक क्षेत्रमा दैनिकजसो विद्युत् आपूर्ति नहुँदा उद्योगी व्यवसायीहरुले मार खेप्नु परेको थियो ।

कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत इश्वरकुमार हुमागाईँका अनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा यो नाका भएर ६३ लाख ३९ हजार रुपैयाँ मुल्य बराबरका ३ वटा मेसिनरी सामान तथा पार्टपुर्जा आयात भएको छ । त्यस वापत कार्यालयले ६५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । भदौ मनिहा आयात घटे पनि त्यसपछिका महिनाबाट आयात बृद्धि भएको छ । भदौ महिनामा १५ लाख ७० हजार रुपैयाँका २ वटा सामान आयात गर्दा १८ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयको अभिलेखमा उल्लेख छ ।

देशमा नयाँ नयाँ उद्योग सञ्चालनमा आउनु तथा पुरानाको मर्मत गर्न आवश्यक पर्ने यस्ता मेसिनरी सामानको आयात बृद्धिलाई नेपाली उद्योगी व्यवसायीहरुले सकारात्मक संकेतका रुपमा लिएको मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले बताए । पीएस वेभरेज प्रालि झापाका का सञ्चालक समेत रहेका उद्योगी डालमिया मेसिनरी सामानको आयात धेरै बढ्नु औद्योगिक वातावरणको राम्रो संकेत भएको बताउँछन् ।

भदौमा यस्ता वस्तुको आयात कम भए पनि असोजमा आयात एक्कासी बृद्धि भएको छ । असोज महिनामा १ करोड ७३ लाख ५८ हजार रुपैयाँ मुल्य बराबरका ३१ वटा मेसिनरी सामानको आयातमा पुगेको छ । त्यस वपात कार्यालयले १८ लाख २० हजार रुपैयाँ राजस्व संकलन गरेको सरकारी अभिलेख छ । यसैगरी, कात्तिकमा ३ करोड ८८ लाख ९१ हजार रुपैयाँका १५ वटा, मंसिरमा २ करोड ४६ लाख ११ हजार रुपैयाँका ६ सय ९२ वटा, पुसमा ३७ लाख ८९ हजार रुपैयाँका १ सय २ वटा आयात हुँदा माघमा भने यसको आयात शुन्य छ । आयात वापत कार्यालयले कात्तिक, मंसिर र पुस महिनामा क्रमस ४ लाख २ हजार, २ लाख ५५ हजार र ४१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

फागुनमा १ लाख ८४ हजार रुपैयाँका २ वटा सामान आयात वापत कार्यालयले ३ हजार रुपैयाँ, चैतमा ९८ लाख ८६ हजार रुपैयाँका ४६ वटा मेसिनरी तथा यसका पार्टपुर्जा आयात गरे वापत १ लाख १५ हजार र बैशाखमा ६८ लाख ८९ हजार रुपैयाँका २६ वटा त्यस्ता वस्तु आयात वापत ८२ हजार रुपैयाँ राजस्व संकलन भएको छ । विगतका वर्षमा मेसिनरी सामानको आयात यो नाकाबाट ठप्पप्रायः थियो ।

यस्ता वस्तुको आयात बृद्धिले औद्योगिक उत्पादन समेत केही बढाएको मेचीनगरका उद्योगी व्यवसायीहरुको भनाई छ । पछिल्लो समय विद्युत् आपूर्ति निरन्तर हुँदा तथा राजनीतिक स्थिरतासँगै उद्योगहरु चम्केका छन् । कतिपय उद्योगले उत्पादन क्षमता समेत वृद्धि गरिरहेका छन् । मुलुक राजनीतिक स्थिरतातर्फ लम्केको, स्थानीय, केन्द्र र प्रदेशमा स्थायी सरकार गठन भएसँगै व्यवसायीमा थप आशा जागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.