एकिकृत पाठ्याक्रम सम्बन्धी २ दिने कार्याशाला सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

५ साउन, मेचीनगर : एनप्याब्सन मेचीनगद्वारा आयोजित एकिकृत पाठ्याक्रम सम्बन्धी २ दिने कार्यशालाको मेचीनगर नगरपालिकाका उपप्रमुख मीनाकुमारी पोखरृलले उद्घाटन गर्नुभएको छ । उद्घाटनको अवसरमा वहाँले अहिलेको बदलिदो परिवेशमा शिक्षकहरु एकदमै सुसूचित हुनुपर्ने र नानीहरुलाई जीवन उपयोगी शिक्षा ताथा सीप प्रदान गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका विशिष्ट अतिथि नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठले मानव जगतको सबैभन्दा उत्कृष्ठ पेशा शिक्षण भएकोले निर्धक्क भएर गर्वका साथ आफू शिक्षक भएको कुरा बताउनु पर्ने कुरामा जोडदिनु भयो । वहाँले शिक्षक यस्तो व्यक्ति हो जसले एउटा कक्षा कोठमा देशलाई आवश्यक पर्ने हरेक जनशक्तिलाई देशको असल नागरिक बन्न प्रेरित गरिरहेको हुन्छ ।
प्याब्सन मेचीनगरका अध्यक्ष डम्बर रुचालले यो कार्यक्रमबाट सिकेका सीपलाई शिक्षकहरुले कक्षाकोठा सम्म पु¥याउनु पर्ने कुरामा जोड दिनु भयो ।
एकीकृत पाठ्याक्र सम्बन्धी कार्यशालामा विषय विज्ञ काठमाडौं विश्व विद्यालयका प्राध्यापक एवम् पाठ्याक्रम विज्ञ दिनेश थापा र सिटिएफ नेपालका मास्टर ट्रेनर निर्मला पौंडेले सहजीकरण गर्नुहुनेछ । कार्याशालामा मेचीनगरका ९ वटा विद्यालयका ७१ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको छ ।
कार्यक्रममा सूर्योदय आवासीय माविका प्रधानाध्यापक शिव मैनाली, अरुणोदय आवासीय माविका प्रधानाध्यापक दुर्गाबहादुर लुइटेल, अंशु एकाडेमीका प्रधानाध्यापक किरण अधिकारी, माँ सरस्वती एजुकेशन फाउण्डेशनका प्रधानाध्यापक दिपेन्द्र प्रधान, सिताराम सामुदायिक माविका सह–प्रधानाध्यापक नवराज सुवेदी, एनप्याब्सन मेचीनगरका पूर्व परीक्षा संयोजक तुलसीप्रसाद आचार्यको आतिथ्यता रहेको थियो । एनप्याब्सन मेचीनगरका अध्यक्ष भगिरथ राईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन आदर्श विद्या मन्दिरका प्रधानाध्यापक एवम् एनप्याब्सन मेचीनगरका सचिव कविन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.