झापाको मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, असार ५: झापाको मेचीनगर नगरपालिका– दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। तीन दिनअघि हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएका श्रेष्ठको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो।

स्वास्थ्यमा सुधार नआएपछि बिहीबार साँझ छोरा तेजबहादुर श्रेष्ठले उहाँलाई घर ल्याउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिएअनुसार, उहाँको हिजो राति करिब ८ बजे घरमै मृत्यु भएको हो।

अस्पतालले जनाएअनुसार, हात्तीको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको थियो भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको थियो। श्रेष्ठलाई यही असार २ गते हात्तीले आक्रमण गरेको थियो।

हात्ती आक्रमण बढ्दो चुनौती:
झापा लगायत तराईका धेरै जिल्लाहरूमा पछिल्लो समय जङ्गली हात्तीको आक्रमणबाट हुने मानवीय क्षति र भौतिक क्षतिको घटना बढेको छ। मानव बस्तीको विस्तार र हात्तीको बासस्थानको अतिक्रमणले यस्ता घटनाहरू बढ्दै गएका हुन्। यसले गर्दा स्थानीय बासिन्दामा त्रास बढेको छ भने मानव-हात्ती द्वन्द्व व्यवस्थापनका लागि थप प्रभावकारी कदम चाल्न आवश्यक देखिएको छ।

प्रतिक्रियाहरु 1

  1. KHADGA BAHADUR RAI says:

    कति नं. वडा हो दुर्जनचोक भन्ने ? वडा नं. लेख्नु पर्दैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.