पूर्वीनाकामा उच्च सर्तकता

राति ९ बजे सम्म मात्र व्यवसाय सञ्चालन गर्न मेचीनगरको आग्रह

A notice in Nepali from Mechinagar Ward No. 10

काँकरभिट्टा, १३ चैत |  भारतका विभिन्न शहरमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण पुनः तीव्ररुपमा फैलिएका कारण भारतसँग सीमा जोडिएको मेचीनगर नगरपालिकाले नेपालतर्फ पुनः यसको संक्रमण नफैलियोस भन्ने उद्घेश्यले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

मेचीनगर नगरपालिकाको कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको विहीाबर बसेको बैठकले नगरपालिकाले यसअघि सीमानाकामा सञ्चालनमा ल्याएको हेल्पडेक्सलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने तथा कोभिड १९ को संक्रमणलाई मध्यनजर गदैं निकटमा रहेको फागु पूर्णिमा होली पर्वमा भिडभाड नगर्ने, साविक सञ्चालनमा आएका क्वरेन्टाईन, आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी बनाउनेलगायतका निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताउनुभयो ।

नगरप्रमुख तथा समितिका संयोजक विमल आचार्यको सभापतित्वमासम्पन्न  बैठकले कोभिड १९ संक्रमणका लागि सरकारी, गैरसरकारी, अर्धसरकारी र सामूदायिक संघ संस्था र राजनैतिक पार्टीहरुबीचमा विगतमा भएका सहकार्यलाई उन्नत र व्यवस्थित बनाउने, राती, ९ बजे पछि कुनै पनि व्यवसाय सञ्चालन गर्न नपाउने, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्ने, मास्क नलगाउनेलाई संक्रमण रोग ऐन बमोजिम कारवाही गर्ने वा कारवाहीका लागि सिफरीस गर्ने, सीमानाकालाई व्यवस्थित गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने र सीमानाका वारिपारी गर्न निरुत्साहित गर्नेलगायतका निर्णय गरेको प्रेस संयोजक उप्रेतीले जानकारी दिनुभयो ।

मास्क, सेनिटाईजर, सामाजिक दूरी लगायत स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड कडाईका साथ लागू गर्नेसमेत समितिको बैठकले निर्णय गरेको छ । वैठकमा उपप्रमुख मीना पोखरेल उप्रेती, समितिका सदस्यहरु तथा नवीन वराल, कृष्ण कनाल टीकाराम मंग्रान्ती, मेचीनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.