ह्वाट्सएपजस्तै सरकारी म्यासेजिङ एप बन्दै: विदेशी सर्भरमा डाटा जाँदैन, अर्बौँ रुपैयाँ बचत गर्ने अर्थमन्त्री वाग्लेको दाबी

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ह्वाट्सएप (WhatsApp) जस्तै आफ्नै नयाँ म्यासेजिङ एप बनाइरहेको खुलासा गर्नुभएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारी पहलमा बन्दै गरेको सो एप पूर्ण रूपमा सुरक्षित रहने दाबी समेत गर्नुभयो।

आफूले उक्त एपको प्रारम्भिक स्वरूप (डेमो) हेर्न पाइसकेको उल्लेख गर्दै मन्त्री वाग्लेले यस एपमार्फत गरिने संवाद वा च्याटहरू कुनै पनि विदेशी सर्भरमा गएर भण्डारण नहुने भएकाले राष्ट्रिय सुरक्षा र गोपनीयताका हिसाबले यो अत्यन्तै भरपर्दो हुने प्रस्ट पार्नुभयो। सो विशेष एपमा सुरक्षित रूपमा डकुमेन्ट तथा कागजातहरू समेत आदानप्रदान (सेयर) गर्न सकिने व्यवस्था मिलाइएको उहाँको भनाइ छ।

डिजिटल सुशासनमा ठूलो फड्को मार्ने योजना सुनाउँदै मन्त्री वाग्लेले अब सूचना प्रविधि (आईटी) विभागलाई प्रधानमन्त्री कार्यालयमा मर्ज (गाभ्न) गरिने रणनीति सार्वजनिक गर्नुभयो। उक्त एकीकृत विभागमा दर्जनौँ दक्ष आईटी विज्ञ युवाहरूलाई समेटिने र उनीहरूले नै सरकारका सम्पूर्ण सफ्टवेयर तथा हार्डवेयरहरू स्वदेशमै निर्माण गर्ने व्यवस्था मिलाइने छ। बाह्य कम्पनीहरूलाई महँगो खरिद सम्झौता दिनुको साटो देशभित्रै सफ्टवेयर बनाउँदा राज्यको झन्डै १० अर्ब रुपैयाँ बचत हुने सरकारको लक्ष्य रहेको अर्थमन्त्री वाग्लेले दाबी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.